१२ मंसिर २०८३ 🌫️ १७°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

इटहरीका अग्रज संगीतकर्मी / पूर्व प्राज्ञ रामधामी निमोनियाले ग्रस्त, अवस्था अस्थिर

सेयर:

इटहरी । इटहरीका अग्रज संगीतकर्मी तथा पुर्व प्रज्ञा सदस्य राम धामी निमोनियाले गम्भीर बिरामी भएका छन् ।

धरानस्थित वीपी प्रतिष्ठानको भेन्टिलेटरमा उनको उपचार भइरहेको मित्र तथा इटहरीका संगीतकर्मी राजु केसीले जानकारी दिएका छन् ।

कोरोना पोजेटिभ भएर दुई हप्ताअघि उनलाई धरानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । गत बुधबारको पिसिआर रिपोर्टअनुसार कोरोना नेगेटिभ देखिए पनि निमोनियाले ग्रस्त बनाएपछि आइसियुमा उपचार सुरु गरिएको थियो ।

स्वास प्रस्वासमा गम्भीर समस्या उत्पन्न भएपछि स्वास्थ्य अवस्था अस्थिर बनेको केसीले जानकारी दिएका छन् ।

धामी इटहरीस्थित संगीत साधना प्रतिष्ठानका अध्यक्ष हुन् । साथै संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सभा सदस्यसमेत हुन् । उनी विगत लामो समयदेखि इटहरीमा संगीत प्रशिक्षणमा सक्रिय छन् । उनले सिकाएका विद्यार्थीहरुले स्थानीय तथा राष्ट्रिय स्तरमा चर्चा कमाएका छन् ।

साभार : न्यूजलय

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।