११ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

मेचीनगरमा महिला हिंसाविरुद्ध नेविसंघद्वारा प्रदर्शन

सेयर:

मेचीनगर । महिला हिंसाविरुद्ध झापाको मेचीनगरमा प्रदर्शन गरिएको छ ।

नेपाल विद्यार्थी संघ त्रिदेव बहुमुखी क्याम्पस इकाइ समितिको आयोजनामा आज महिला हिंसाको विरोधमा सरकारविरुद्ध प्रदर्शन गरिएको हो ।

शान्तिपूणर् प्रदर्शनमा विद्यार्थीले संविधानमा टाँसिदे बलात्कारीलाई फाँसीदे, नारी सामान होइन सान हो, महिला हिंसा बन्द गर, भागरथी र निर्मलालाई न्याय दे, केपी ओलीको चमात्कार महिला हिंसा बलात्कार लगायतका नारा लगाएका थिए । त्रिदेव क्याम्पसबाट सुरु भएको र्‍याली मेची राजमार्ग हुँदै चारआली पुगेर कोणसभामा परिणत भएको थियो ।

नेविसंघ त्रिदेव एकाइ उपसभापति अर्जुन गौतमको संयोजकत्वमा भएको कार्यक्रममा नेविसंघका झापा जिल्ला प्रवक्ता सञ्जय निरौला, नेविसंघ जिल्ला सदस्य नविन खतिवडा, नेविसंघ मेचीनगर सचिव रुपक पराजुली र नेविसंघ त्रिदेव एकाइ सभापति आइतहांग लिम्बूले कोणसभालाई सम्बोधन गरेका थिए ।

उनीहरूले दिनहुँ महिला एवं बालिकाहरू असुरक्षित रहँदा पनि सरकारले उनीहरूलाई न्याय दिन नसकेको भन्दै आक्रोश पोखेका थिए ।

उक्त कोणसभाको सञ्चालन नेविसंघ त्रिदेव एकाइ सचिव तुलसी बस्नेत(सौरभ)ले गरेका थिए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।