१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

माधव नेपाललाई कार्यदल सदस्यहरूको आग्रह : पार्टी एकताप्रति गम्भीर हुनुस्

सेयर:

२९ असार, काठमाडौं : नेकपा एमालेको विवाद समाधान कार्यदलले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी एकतामा गम्भीर हुन आग्रह गरेका छन्।

कार्यदलले तयार पारेको सहमतिको प्रस्ताव बुझाउन नेपाल निवास कोटेश्वर पुगेका कार्यदलका नेताहरूले यस्तो आग्रह गरेका हुन्।

कार्यदलका संस्थापन पक्षका संयोजक सुवास नेम्बाङ, विष्णु पौडेल र नेता नेपाल समूहको संयोजक भीम रावल सहमतिको प्रस्ताव लिएर कोटेश्वर पुगेका थिए।

अध्यक्ष ओलीसँग भेटेर पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न आफूहरूले सुझाव दिएको कार्यदलको संयोजक सुवास नेम्बाङले बताए। कार्यदलको सहमतिको प्रस्तावमा नेता नेपाल सन्तुष्ट रहेको पाइएको उनकाे भनाइ छ।

यसअघि सोमबार नेता नेपाल समूहका कार्यदल संयोजक रावलले बालुवाटार पुगेर ओलीलाई कार्यदलको सहमतिको प्रस्ताव बुझाएका थिए। विवाद समाधानका लागि गठित कार्यदलले आइतबार १३ घण्टाको छलफलपछि १० बुँदे सहमति पत्र बनाएको थियो।

थाहाखबरबाट

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।