११ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

माधव नेपालको जिन्दगी छटपटीमै बित्ने भयो : ओली

सेयर:

२० साउन, काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपालको जिन्दगी छटपटीमै बित्ने टिप्पणी गरेका छन्।

काठमाडौंमा शुक्रबार आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष रहेका नेपालको कुनै गन्तब्य नरहेको बताए।

‘विचरा माधव नेपालको त नाउँ नलिऊँ होला तिनको जिन्दगी त छटपटीमै बित्छ। उनले भने, गन्तब्य-सन्तब्य केही छैन विचराको!’

उनले गठबन्धनमा आवद्ध दलको गन्तब्य केही नरहेको जिकिर गरे।

‘मोहनविक्रमको प्यूठान, शेरबहादुरजीको म्याडम साइबा, प्रचण्डको सुपुत्रीबाहेक यिनको गन्तब्य–सन्तब्य केही छैन’ ओलीले भने।

उनले एमालेलाई पाँच वर्ष प्रतिपक्षमा बस्न कुनै गाह्रो नभएको बताए। ‘हामीलाई पाँच वर्ष प्रतिपक्षमा बस्न गाह्रो होइन, तर एमालेले हार्दा देश हार्छ, ओलीले भने, त्यसैले जित्नैपर्ने दायित्व छ।’

उनले अहिलेजस्तो राज्य संयन्त्रको चरम दोहन कहिल्यै नभएको उल्लेख गरे।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।