१२ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

रामकुमारी झाँक्रीलाई रिहा गर्ने तयारीमा प्रहरी

सेयर:

काठमाडौँ — प्रहरीले नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई आजै रिहा गर्ने तयारी गरेको छ । राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर बिहीबार दिउँसो पक्राउ परेकी झाँक्रीलाई आजै छाडिने सम्भावना रहेको प्रहरी स्रोतले जनाएको छ ।

झाँकीलाई जहाँबाट गिरफ्तार गरिएको हो त्यहीं पुर्‍याइदिन उनका समर्थकले प्रहरीसमक्ष अडान राखेका छन् । यस विषयमा महानगरीय अपराध महाशाखा मिनभवनमा दुवै पक्षबीच छलफल भइरहेको छ । प्रहरीले झाँक्रीसँग राष्ट्रपतिलाई लक्षित गरी गोरखामा दिएको अभिव्यक्तिबारे जानकारी लिएको छ ।

झाँकी पक्राउ विरोधमा विभिन्न क्षेत्रबाट चर्को विरोध र सरकारको आलोचना भइरहेको छ ।

नेकपा दाहाल नेपाल समूह निकट युवा विद्यार्थीले अपराह्न माइतीघरदेखि नयाँ बानेश्वर चोकसम्म विरोध प्रदर्शन गरिरहेका छन् । झाँक्रीलाई पक्राउ गर्नु नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको हनन भएको भन्दै विभिन्न राजनीतिक दल र नेताहरूले सरकारको आलोचना गरेका छन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।