१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

एमालेको प्रतिक्रिया : फैसला संसदीय शासन प्रणालीविरुद्ध

सेयर:

२८ असार, काठमाडौं : नेकपा एमालेका नेता एवं पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संविधानको मर्म र भावना विपरीत भएको बताएका छन् ।

यसले व्यक्तिगत कुण्ठालाई संस्थागत गरेको र शक्ति प्रथकीकरणको सिद्धान्तलाई धुलिसात पारेको समेत उनले दाबी गरे ।

सर्वोच्चले सोमबार संसद पुनस्र्थापना गर्नुका साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको छ । साथै संविधानको धारा ७६(५) मा अनुसार सरकार गठन प्रक्रियामा सहभागी हुँदा सांसदलाई ह्वीप नलाग्ने फैसला सुनाएको छ ।

यसबारे अनलाइनखबरलाई प्रतिक्रिया दिँदै खरेलले भने, ‘यो फैसलाले संविधानवादका आधारभूत सिद्धान्त, शक्ति विभाजन र सन्तुलनको सिद्धान्त अर्थात शक्ति पृथकीकरणको सिद्धान्तलाई धुलिसात बनाएको छ । ’

सर्वोच्चको फैसला संविधानको मर्म र भावना विपरीत भएको भन्दै उनले अघि भने, ‘संविधान एवं संवैधानिक नैतिकताको जामा पहि¥याएर गरेको फैसला संसदीय शासन प्रणालीविरुद्ध छ ।’

यो फैसलाले देश, जनता र राजनीतिक दलहरुले खोजेको निकासलाई अवरुद्ध गरेको भन्दै खरेलले भने, ‘यसले व्यक्तिगत कुण्ठालाई संस्थागत रुपमा निकास दिएको छ । विनम्रताका साथ भन्छु, यो फउल गोल हो ।’

साभार : अनलाइनखबरबाट
Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।