१३ मंसिर २०८३ ☀️ २५°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

ओली–लेखक प्रकरण : अनुसन्धान छिटो टुंग्याउन सर्वोच्चको निर्देशन, नभए शर्तसहित रिहा गर्न आदेश

सेयर:

२४ चैत्र, काठमाडौँ : सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैतभित्र टुंग्याउन आदेश दिएको छ।

सोमबार राति न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले यस्तो आदेश जारी गर्दै तोकिएको समयभित्र अनुसन्धान सम्पन्न नभए दुवै जनालाई शर्तसहित रिहा गर्न निर्देशन दिएको हो।

सर्वोच्चले उनीहरूको हिरासतलाई भने कानूनसम्मत ठहर गर्दै बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न अस्वीकार गरेको छ। अदालतले जिल्ला अदालत काठमाडौंबाट २२ चैतमा भएको म्यादअनुसार अनुसन्धान सकिए मुद्दा चलाउने वा नचलाउने निर्णय गर्न, अन्यथा म्याद समाप्त भएपछि हिरासत मुक्त गरी थप अनुसन्धान अघि बढाउन भनेको छ।

अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४को दफा १५ अनुसार आवश्यक प्रक्रिया पूरा गरी अनुसन्धान अधिकारीले धरौटी, जमानत वा जिम्मा जमानीमा छाड्न सक्ने व्यवस्था पनि औंल्याएको छ।

किन घटाइयो हिरासत अवधि ?

सर्वोच्चले चार मुख्य आधार प्रस्तुत गर्दै अनुसन्धान चाँडो टुंग्याउन निर्देशन दिएको हो—

    • दुवै नेतासँग सरकारी वकिलको उपस्थितिमा बयान लिइसकिएको अवस्था
    • सोही प्रकरणका तत्कालीन सीडीओ छवि रिजाललाई पक्राउपछि जिम्मा जमानीमा छाडिएको नजिर
    • दुवै नेताको पारिवारिक शोक (आशौच) को अवस्था
    • ओलीको स्वास्थ्य अवस्था र उपचारको आवश्यकता

पक्राउ प्रक्रिया वैधानिक ठहर

सर्वोच्चले १४ चैतमा जारी गरिएको पक्राउ पुर्जी र त्यसपछिको प्रक्रिया वैधानिक रहेको निष्कर्ष निकालेको छ। जिल्ला अदालतबाट पटक–पटक म्याद थप भएको आधारमा हिरासतलाई गैरकानूनी भन्न नमिल्ने ठहर गरिएको हो।

पृष्ठभूमि

गत १३ चैतमा सरकार गठन भएको भोलिपल्ट बिहानै ओली र लेखकलाई पक्राउ गरिएको थियो। त्यसपछि उनीहरूका परिवारले गैरकानूनी हिरासत भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए।

सोही निवेदनमाथि संयुक्त सुनुवाइ गर्दै सर्वोच्च अदालतले हिरासतलाई वैधानिक ठहर गरे पनि अनुसन्धान प्रक्रिया छिटो टुंग्याउन निर्देशनात्मक आदेश जारी गरेको हो।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।