१३ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

पशुपति प्राथमिक विद्यालयको स्वर्ण महोत्सवको आय–व्यय सार्वजनिक

सेयर:

रोहित काफ्ले
३१ असार, भद्रपुर : झापाको भद्रपुर–४ तारानगरस्थित पशुपति प्राथमिक विद्यालयको स्वर्ण महोत्सवको आय–व्यय सार्वजनिक भएको छ ।

सो विद्यालयको पूर्व विद्यार्थी समाजको अगुवाइमा गत चैतको अन्तिम साता स्वर्ण महोत्सव आयोजना गरिएको थियो ।

विद्यालयका पूर्व विद्यार्थी ऋषि नेपालको संयोजकत्वमा गठित स्वर्ण महोत्सव आयोजक समितिले आज विदालय परिसरमा अभिभावकहरुको भेलामा स्वर्ण महोत्सवको आय–व्यय सार्वजनपक गरेको हो ।

संयोजक नेपालका अनुसार सवर्ण महोत्सवका लागि चार लाख ५० हजार ८८७ रुपैयाँ आम्दानी भएकोमा महोत्सव सम्पन्न गर्दा तीन लाख १८ हजार बहत्तर रुपैयाँ खर्च भएको छ भने एक लाख ३२ हजार ८१५ रुपैयाँ वचत भएको छ । वचत रकम विद्यालय परिसरमा भगजान सरस्वतीको मूर्ति निर्माणका लागि विद्यालयलाई नै हस्तान्तरण गरिएको संयोजक नेपालले जानकारी दिए । सो रकम विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार राजवंशीलाई हस्तान्तरण गरिएको थियो ।

महोत्सवका अवसरमा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरिएको थियो भने विद्यालयका स्थापनाकालदेखिका प्रधानाध्यापक–शिक्षक, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु, जग्गादातालगायत सहयागदाताहरुलाई सम्मान गरिएको थियो ।

महोत्सव आयोजना गर्न देश–विदेशबाट पूर्व विद्यार्थीहरुले स्वतःस्फूर्त रुपमा उल्लेख्य सहयोग गरेका थिए भने विभिन्न संघ–संस्था र भद्रपुर नगरपालिकाले पनि आर्थिक सहयोग गरेको बताउँदै संयोजक नेपालले सहयोगी सबैलाई धन्यवाद दिँदै आयोजक समिति पनि विघटन गरिएको जानकारी दिए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।