१३ मंसिर २०८३ ☀️ २६°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

पाउँ पाथीभराको वार्षिक कारोवार एक करोड बढी : पाथीभराप्रति भक्तजनको आर्कषण चुलिँर्दै

सेयर:

१० भदौ, चारआली : झापाको चारआलीमा अवस्थित प्रसिद्ध धार्मिक स्थल श्री पाउँ पाथीभरा उत्तरगंगामा गत आर्थिक वर्ष २०८१—८२ मा एक करोड ४२ लाख ८१ हजार छ सय २१ रुपैयाँको आर्थिक कारोवार भएको छ ।

भक्तजनले पाउँ पाथीभरामा चढाएको रकम भेटीसहित विभिन्न शीर्षकमा उक्त रकम कारोवार भएको पाउँ पाथीभरा उत्तरगंगा पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष लोकराज ढकालले जानकारी दिए । अध्यक्ष ढकालका अनुसार दानपेटीकाहरुबाट मात्रै ७४ लाख ७४ हजार छ सय ३५ रुपैयाँ संकलन भएको छ । यसैगरी सहयोग रसीदबाट ४४ लाख ४१ हजार, चार सय ३५,आजीवन सदस्यताबाट ८८ हजार सात सय ७३, जिन्सी सामान विक्रीबाट १२ लाख ३८ हजार पाँच सय छ रुपैयाँलगायतका शीर्षकमा रकम प्राप्त भएको समितिले जनाएको छ ।

सो अवधिमा बैंकबाट प्राप्त ब्याज,, विविध आम्दानी र अनलाइन आम्दानीलगायतबाट एकवर्षमा उक्त रकम कारोवार भएको अध्यक्ष ढकालले बताए । संकलित रकममध्ये समितिले ५७ लाख रुपैयाँ खर्च गरेर विभिन्न संरचना निर्माण गरेको छ । सुविधा सम्पन्न शौचालय, धाम परिसरमा मार्बल, टायल्स ओछछ्याउने तथा ट्रष्ट लगाएर एउटा भवनसमेत निर्माण गरेको ढकालको भनाई छ । यस अघिदेखि बैंक मौज्दात रकम एक करोड १२ लाख २१ हजार चार सय ४७ रहेको छ । यो अवधिको बैंक ब्याज मात्र पाँच लाख ६० हजार, विविध आम्दानी वापत ३० हजार सात सय २० रुपैयाँ, अनलाइन आम्दानी दुई लाख ५४ हजार तीन सय ५७ रुपैयाँ संकलन भएको समितिले जानकारी दिएको छ ।

समितिका अनुसार सेवा करारमा कार्यरत कर्मचारीको पारिश्रमिक रकम, दुवानी तथा व्यवस्थापन, पंण्डितहरुको खाना, दैनिक पूजापाठका लागि नित्यकर्मलगायतमा रकम खर्च हुने गरेको छ । चारजना गुरुसहित नौजना कर्मचारी समितिले करारमा नियुक्ति गरेको छ । धार्मिक दृष्टिले महत्वपूर्ण पर्यटकीय स्थल श्री पाउँ पाथीभरा धाम पछिल्लो समय आन्तरिक तथा बाह्य तीर्थयात्रीको आर्कषणको रुपमा रहेको छ । मासिक २० देखि २५ हजार भक्तजनहरु पूजाआजाका लागि यहाँ आउने गरेका छन् । साताको मंगलबार शनिवार र विशेषगरी चाडपर्वका बखत यस धाममा भक्तजनको उल्लेखिय उपस्थिति हुने गरेको अध्यक्ष ढकालले जानकारी दिए ।

विभिन्न जाति, धर्म, संस्कार र सम्प्रदायका मानिसको आस्था पाथीभराप्रति चुलिँदो छ । मेचीनगरसहित छिमेकी पालिका र भारतको सिक्किम, पश्चिमबंगाल, बिहार, उत्तरप्रदेश भुटान र बंगलादेशसम्मका तीर्थयात्रीहरू यहाँ आउने गर्छन् ।

ताप्लेजुङमा रहेको मुख्य पाथीभरासहित पूर्वका विभिन्न स्थानमा शाखा पाथीभराहरू स्थापना गरिएका छन् । त्यही मध्येको एक हो झापाको चारआलीमा रहेको श्री पाउ पाथीभरा धाम । यसक्षेत्रको अर्काे महत्वपूर्ण धार्मिक तथ्य चारआली चोक पूर्वको एउटा नदी अलौकिक तवरले उत्तरतर्फ बहन पुगेको छ । यसको पनि छुट्टै धार्मिक महत्व रहेको छ । जुन नदीलाई उत्तरगंगा नाममले पुकार्ने गरिएको छ । दुवै शक्तिपीठको संरक्षण एवम् सम्वद्र्घन गर्ने उद्घेश्यले श्री पाउँ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवद्र्घन समिति गठन गरेर विशुद्घ धार्मिक संस्थाको रुपमा जिल्ला प्रशासन कार्यालय झापामा विधान समेत दर्ता भएर २०७१ साल असोज ११ गतेदेखि श्री पाउँ पाभीभरा धामले परिचित भएको समितिको भनाई छ ।

यो धाम पछिल्लो समय आन्तरिक तथा बाह्य तीर्थयात्रीको आर्कषणको केन्द पनि बनेको छ । यो धाम बहुधार्मिक आस्थाको केन्द्रका रूपमा विकास हुँदै गएका कारण पनि धामप्रति आन्तरिक तथा बाह्य तीर्थयात्रीको आर्कषण बढेको समितिको भनाई छ ।

पाथीभरा धाम प्रवद्र्धनका लागि २०७१ सालमा समुदायस्तरबाट गठित श्री पाउँ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवद्र्घन समितिले पूर्वाधार विकास र प्रचार–प्रसारको काम गरिरहेको छ । साताको शनिवार र मंगलवार यहाँ पूजाआजाका लागि मानिसको निक्कै ठूलो भीड लाग्ने गर्दछ । मेचीनगरक्षेत्रबाट नभई पूजाआजाका लागि छिमेकी पालिका र अन्य जिल्ला र सीमावर्ती भारतका विभिन्न स्थानबाट पनि तीर्थयात्रीहरु आउने गरेको समितिका कोषाध्यक्ष लालबहादुर थेवेले बताए ।

पाथीभरा दर्शन र पूजाआजाका लागि उपयुक्तबार शनिवार र मंगलबार भएपनि हप्ताको सातैदिन तीर्थयात्रीहरू आइरहने उनको भनाई छ । धाम परिसरमा पाथीभरासहित दुर्गा भवानी, विष्णु लक्ष्मी , हनुमान र अन्य भगवानका मुर्ति समेत राखिएको छ । त्यसले पनि मानिसलाई धामप्रति आर्कषण गर्ने गरेको छ ।

प्रचार—प्रसार र पूर्वाधारको विकाससँगै पाथीभरासम्म पुग्न धेरै सहज बनेको छ । पाथीभराको महत्व त्यहाँ धाम परिसरमा अवस्थित देवी र अन्य भगवनका मूर्तिकै कारणले बढेको हो । आजभोलि सबैले पाउँ पाथीभरा देवी भनेर चिन्छन् । पाउँ पाथीभरा धाम अब मन्दिर वा दर्शन गर्ने आधार मात्र नभएर संस्कृतिको रूपमा विकास हुदैं गएको छ ।

पाउँ पाथीभरा दर्शनका लागि धेरै पहिलेदेखि नै तीर्थयात्रीहरु आउने गरेका थिए । शुरुमा स्थानीय तीर्थयात्रीहरुको मात्र भीड हुने भएपनि अहिले प्रचारप्रसार र पूर्वाधारको विकाससँगै पाथीभरासम्म पुग्न धेरै सहज बनेका कारण निक्कै टाढा टाढाबाट तीर्थयात्रीहरु आउने गरेका छन् ।

पाथीभरा धामको दर्शन र धाममा पूजाआजा गरेपछि मनोकांक्षा पूरा हुने जनविश्वास छ । धेरैले पाथीभरा दर्शन गरेपछि विभिन्न क्षेत्रमा सफलता प्राप्त गरेको बताउने गर्छन् । पाथीभरा धाममा मानिसको दुःख हरण गर्ने अद्वितीय शक्ति रहेको भन्दैं तीर्थयात्रीहरु पाथीभरामा अलौकिक शक्ति रहेको विश्वास समेत गर्छन् । पाथीभरा धामको लोकप्रियताकै कारण पूर्वका विभिन्न जिल्लामा शाखा पाथीभरा मन्दिरहरू पनि स्थापना गरिएको धार्मिक व्यक्तित्व पंण्डित टिकाप्रसाद खनालकोे भनाई छ ।

इलामको कुटीडाँडा, झापाको चारआलीमा स्थापित पाउँ पाथीभरा, तेह्रथुमको हरिसे, वसन्तपुर, टुटे देउराली, संखुवासभाको चौकीबजार, सिद्धेश्वरीमा पनि पाथीभरा मन्दिर स्थापना गरी दर्शन गर्ने क्रम बढेको छ। यी सबै ठाउँबाट ताप्लेजुङको मुख्य पाथीभरा रहेको ठाउँ देख्न सकिने उनको भनाई छ ।

पाथीभरा धामले मेचीनगरको परिचय मात्र दिएको छैन, पर्याप्त आम्दानीसमेत दिएको पूजाका सामग्रीहरु विक्री गर्दै आएका व्यवसायीहरु बताउछन् । पाथीभरा धाममा पूजाआजा र दर्शन गर्न आउने एकजनाले औसतमा ५ सय देखि एकहजार रुपैयाँ खर्च गर्ने गरेको पाइएको व्यवसायीहरुको भनाई छ ।

अझै पनि यो धाममा गर्नुपर्ने थुप्रै कामहरु छन् । कम से कम स्थानीय सरकारले यो धामलाई एउटा धार्मिक पर्यटकीय स्थलकारुपमा विकास गर्ने हो भने यसबाट स्थानीय सरकारको आम्दानीको स्थायी स्रोत बन्नेमा कुनै दुइमत छैन् । यसमा स्थानीय सरकारले ढिला गर्नुहुर्दैन ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लक्ष्मी उप्रेती

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।