१३ मंसिर २०८३ ☀️ २६°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

मोटरसाइकल दुर्घटनामा सहायक हवल्दार लिम्बुको मृत्यु

सेयर:

२० असोज मेचीनगर: मोटरसाइकल दुर्घटनामा जिल्ला प्रहरी कार्यालय झापाका सहायक हवल्दार सुरेन्द्र सुब्बा लिम्बूको मृत्युु भएको छ । सहायक हवल्दार लिम्बु सवार मोटरसाइकललाई एम्बुलेन्सले ठक्कर दिाँदा सो दुर्घटना भएको थियो । मृतक सहायक हवल्दार लिम्बु जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत थिए ।

प्राप्त समाचार अनुसार मोरङ केराबारी गाउँपालिका –२ घर भएका प्रहरी सहायक हवल्दार लिम्बूले चलाएको प्रदेश १–०२– ०४७ प ६९२२ न. को मोटरसाइकललाई हिजो साँझ ६.३० बजे बेलबारी –११ लक्ष्मीमार्गस्थित पूर्वपश्चिम राजमार्गमा मे १ च १९७८ न. को एम्बुलेन्सले ठक्कर दिएको थियो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च १९७८ न. को एम्बुलेन्सले विपरीत दिशाबाट आउँदै गरेको सहायक हवल्दार लिम्बूले चलाएको प्रदेश १–०२– ०४७ प ६९२२ न. को मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

घाइते लिम्बूलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । मृतकको शव सोहि अस्पतालमा रहेको छ । ठक्कर दिने एम्बुलेन्स चालक दमक ९ बस्ने बर्ष ४१ का बिष्णु प्रसाई, एम्बुलेन्स र मोटरसाइकल प्रहरी चौकी डाँगीहाटको नियन्त्रणमा रहेको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।