१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

पौडेल पक्षले बुझाए सभापति देउवा बिरुद्ध हस्ताक्षर

सेयर:

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैलीसँग असन्तुष्ट पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र केही पदाधिकारी सहित केन्द्रीय सदस्यले देउवा बिरुद्ध हस्ताक्षर बुझाएका छन् ।

केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले आज पार्टी केन्द्रीय कार्यालय पुगेर मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत् २७ केन्द्रीय सदस्यको हस्ताक्षर सहितको विरोध पत्र दर्ता गराउनु भएको हो । पार्टीलाई विधान सम्मत सञ्चालन गरी १४ औं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस् भन्दै उनीहरूले हस्ताक्षर बुझाएका पार्टीका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बताउनु भयो ।

उनीहरूले विभागदेखि भातृ संस्थाका म्याद थप गरेकोमा पनि खारेजीको माग गरेका छन् । पछिल्लो समय सभापति देउवाले २० भन्दा बढी विभाग गठन गरेपछि पार्टी भित्रको विवाद झन् बढ्दै गएको छ ।

यसैबीच, नेपाल महिला संघ केन्द्रीय समितिले हिजो गरेको भर्चुअल कार्यक्रममा काँग्रेस सभापति देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचार लगायत अनियमितता गरेकोले जुनसुकै बेला आन्दोलन गर्नुपर्ने अवस्था आउने टिप्पणी गर्नु भएको छ । सरकारले अप्रजातान्त्रिक काम गरिरहेकोले आन्दोलन गर्ने दिन आउन सक्ने देउवाको भनाइ थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।