१३ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

प्रधानमन्त्री सुशीला कार्की र कतारी समकक्षीबीच टेलिफोन वार्ता: नेपालीको सुरक्षा र क्षेत्रीय शान्तिबारे छलफल

सेयर:

प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्की र कतारका प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल-थानीबीच बिहीबार दिउँसो टेलिफोन वार्ता भएको छ। पश्चिम एसियामा विकसित पछिल्ला चुनौतीपूर्ण घटनाक्रमका बीच भएको यो संवादमा मुख्य गरी कतारमा रहेका नेपालीहरूको सुरक्षा र क्षेत्रीय स्थिरताका विषयमा छलफल भएको छ।

वार्ताका मुख्य बुँदाहरू यस प्रकार छन्:

  • नेपाली नागरिकको सुरक्षा: प्रधानमन्त्री कार्कीले कतारमा कार्यरत करिब ३ लाख ६० हजार नेपाली नागरिकलाई सुरक्षा र संरक्षण उपलब्ध गराएकोमा कतार सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गरिन्। कतारी प्रधानमन्त्री अल-थानीले नेपाली नागरिकहरूले कतारको विकासमा ठूलो योगदान गरेको चर्चा गर्दै उनीहरूलाई कतारी नागरिकसरह नै सुरक्षा र संरक्षण दिने प्रतिबद्धता जनाएका छन्।

  • क्षेत्रीय शान्ति र चिन्ता: पश्चिम एसियामा बढ्दो द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले सम्बद्ध सबै पक्षलाई संयमित रहन र द्वन्द्व नचर्काउन आग्रह गरिन्। उनले वार्ता र कूटनीति नै दीर्घकालीन शान्तिको एकमात्र विकल्प भएको कुरामा जोड दिइन्।

  • अन्तर्राष्ट्रिय कानुनको पालना: नेपालले सबै राष्ट्रले संयुक्त राष्ट्र संघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र मानवीय कानुनको पालना गर्नुपर्ने धारणा राखेको छ। प्रधानमन्त्रीले कतारको सार्वभौम भूमि, विशेष गरी गैरसैनिक क्षेत्रमा भएको आक्रमणप्रति चासो र ऐक्यबद्धता समेत प्रकट गरिन्।

  • कतारको प्रतिवद्धता: कतारी प्रधानमन्त्रीले वर्तमान परिस्थितिलाई दुर्भाग्यपूर्ण भन्दै कतार सधैँ शान्तिको पक्षधर रहेको र आफ्नो सार्वभौमिकता रक्षाका लागि मात्र प्रयास गरिरहेको जानकारी दिए। उनले कठिन घडीमा नेपालले देखाएको मित्रताको प्रशंसा गर्दै सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास दिलाए।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।