१३ मंसिर २०८३ ☀️ २२°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

६ लाख मुल्यका अबैध काठ बरामद

सेयर:

लक्ष्मी उप्रेती

२४ साउन, मेचीनगर : सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३८ रिजर्भ गण हेड क्वाटर झापा र इलाम तथा मोरङका विभिन्न सब डिभिजन वन कार्यालयको संयुक्त टोलीले ईलामको चुलाचुली गाउँपालिका -०६ मा रहेको ईलामेली फर्निचर उद्योगबाट आज अन्दाजी ६ लाख रूपैयाँ मूल्य बराबरका २०० क्यू फिट अबैध साल जातको चिरान काठ (फेन्टा) बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल, नम्बर ३८ रिजर्भ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिनेश बस्नेतका अनुसार विशेष सूचनाका आधारमा गणका सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर पौडेलको कमान्डमा दश, सब डिभिजन वन कार्यालय बाह्रकोठे इलामका सहायक पाचौं तहका कर्मचारी धनीराम सिहंको नेतृत्वमा आठ , सब डिभिजन वन कार्यालय सुखानी ईलामका जम्दार मदनप्रसाद न्यौपानेको कमान्डमा पाच, सब डिभिजन वन कार्यालय मधुमल्ला मोरङका सहायक छैठौँ तहका कर्मचारी रमेश मगरको कमान्डमा चार र प्रहरी चौकी पेल्टीमारी ईलामका प्रहरी निरीक्षक कलित यादवको नेतृत्वमा चार गरि कुल ३१ जनाको टोलीले उक्त परिमाणको काठ बरामद गरेको हो ।

सोमबहादुर विश्वकर्माले सञ्चालन गरेको उक्त फर्निचरमा टोली दिउसो १ बजे पुगेको थियो । उक्त स्थानमा टोलीले खान तलासी गर्दा अबैध साल जातका चिरान काठ फेन्टा फेला पारेको थियो । बरामद काठ थप अनुसन्धान र आवश्यक कारवाहीका लागि सब डिभिजन वन कार्यालय बाह्रकोठे ईलाममा बुझाउने सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले बताए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।