१२ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

श्रम मन्त्रालयको निरीक्षण: २८ प्रतिष्ठानमा व्यापक श्रम कानुन उल्लङ्घन फेला

अधिकांश श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध नभएको पाइएपछि मन्त्रालय मातहतका कार्यालयहरूले तत्काल कानुन कार्यान्वयन गर्न कडा निर्देशन दिएका छन्।

सेयर:

अधिकांश श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध नभएको पाइएपछि मन्त्रालय मातहतका कार्यालयहरूले तत्काल कानुन कार्यान्वयन गर्न कडा निर्देशन दिएका छन्।

📌 मुख्य बुँदाहरू:

  • श्रम मन्त्रालय अन्तर्गतका कार्यालयहरूद्वारा मङ्सिर ८ गते देशका विभिन्न २८ वटा प्रतिष्ठानमा अनुगमन तथा निरीक्षण।
  • निरीक्षण गरिएका २४ प्रतिष्ठानका ३०० कर्मचारेमध्ये ८८ प्रतिशतभन्दा बढी श्रमिक सामाजिक सुरक्षा कोष (एसएसएफ) मा आबद्ध नरहेको खुलासा।
  • अन्तर्निरीक्षणका क्रममा रोजगार सम्झौता नभएका, न्यूनतम पारिश्रमिक नपाएका र श्रम अडिट नगरेका दर्जनौँ प्रतिष्ठान फेला।
  • सम्बन्धित सबै रोजगारदातालाई कानुनबमोजिम नियुक्ति पत्र दिन, पारिश्रमिक उपलब्ध गराउन र एसएसएफमा सूचीकृत गर्न मन्त्रालयको कडा निर्देशन।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतका कार्यालयहरूले देशका विभिन्न स्थानमा गरेको संयुक्त बजार तथा श्रम निरीक्षणका क्रममा ठूलो सङ्ख्यामा प्रतिष्ठानहरूले श्रम कानुन उल्लङ्घन गरेको पाइएको छ। मङ्सिर ८ गते गरिएको अनुगमनका क्रममा अधिकांश प्रतिष्ठानहरूमा श्रमिकले न्यूनतम सेवा-सुविधा र कानुनी अधिकारसमेत नपाएको भेटिएको हो।

युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतका श्रम तथा रोजगार कार्यालयहरू पोखरा, नेपालगन्ज, बुटवल, धनुषा र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र काठमाडौंको टोलीले संयुक्त रूपमा २८ वटा प्रतिष्ठानको दैनिक श्रम निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा रोजगार सम्झौता, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोष (एसएसएफ) आबद्धता, श्रम अडिट, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य नीति, कार्य समय, ओभरटाइम र बिदासम्बन्धी व्यवस्थाको गहिरो अध्ययन गरिएको थियो।

सामाजिक सुरक्षा कोषमा व्यापक बेवास्ता र सम्झौताको अभाव

निरीक्षण गरिएका २४ प्रतिष्ठानका ३०० कर्मचारीमध्ये २६५ जना अर्थात् करिब ८८ प्रतिशत कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध नभएको पाइएको छ। यसरी कोषमा आबद्ध नहुनेहरूमा काठमाडौंका १२ प्रतिष्ठानका १७४ जना, पोखराका ६ प्रतिष्ठानका ४६ जना, बुटवलका ४ प्रतिष्ठानका ३२ जना र नेपालगन्जका २ होटेलका १३ जना रहेका छन्।

त्यसैगरी, ७ प्रतिष्ठानका ३२ कर्मचारीसँग कुनै पनि प्रकारको रोजगार सम्झौता वा नियुक्ति पत्र नरहेको भेटिएको छ। जसमा काठमाडौंका ३ प्रतिष्ठानमा ११ जना, नेपालगन्जका १३ जना र बुटवलका ८ जना कर्मचारी बिना सम्झौता काम गरिरहेका छन्। पोखराका ६ प्रतिष्ठानका ४६ जना श्रमिक पनि लिखित सम्झौताबिना नै कार्यरत रहेको पाइएको छ।

न्यूनतम पारिश्रमिक र श्रम अडिटमा लापरबाही

पोखराका ६ प्रतिष्ठानका ४६ कर्मचारी, नेपालगन्जका २ होटेलका १३ कर्मचारी र बुटवलका २ होटेलका ८ कर्मचारी गरी १० वटा प्रतिष्ठानमा कार्यरत ६७ जना श्रमिकले सरकारले तोकेको न्यूनतम पारिश्रमिकसमेत पाएका छैनन्। पोखराका ६ प्रतिष्ठानमा त कानुनविपरीत ओभरटाइम (अतिरिक्त समय) र बिदाको समेत कुनै व्यवस्था नगरिएको पाइएको छ, जसबाट ४६ कर्मचारी प्रत्यक्ष प्रभावित बनेका छन्।

यस्तै, काठमाडौंका ३ प्रतिष्ठानका १६ जना, पोखराका ६ प्रतिष्ठानका ४६ जना, नेपालगन्जका ३ प्रतिष्ठानका ४० जना र धनुषाको एक प्रतिष्ठानका ६५ जना गरी ठूलो सङ्ख्याले अनिवार्य रूपमा बुझाउनुपर्ने श्रम अडिटसमेत पेस गरेका छैनन्।

मन्त्रालयको कडा निर्देशन

अनुगमनको निष्कर्षपछि निरीक्षण टोलीले कानुन उल्लङ्घन गर्ने सम्बन्धित सबै प्रतिष्ठानहरूलाई तत्काल सुधारका उपाय अपनाउन निर्देशन दिएको छ। रोजगारदाताहरूलाई श्रमिकहरूसँग औपचारिक रोजगार सम्झौता गर्न, तोकिएको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन, सबै श्रमिकलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोष (एसएसएफ) मा आबद्ध गराउन तथा श्रम ऐनअनुसार बिदा र अतिरिक्त समयको पारिश्रमिक भुक्तानी गर्न ताताकेता गरिएको छ। साथै, तोकिएको समयमै आवश्यक विवरण पेस गर्नसमेत सचेत गराइएको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।