१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

दुहबी भेट्रानलाई हराउँदै दुधे भेट्रान फूटबल क्लब पुग्यो सेमिफाइनल

सेयर:

दुधे भेट्रान १-० एलेभेन एरोज ,दुहबी

इटहरी , फागुन १७ । सुनसरीको इटहरीमा जारी १ नम्बर प्रदेश स्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगिता-२०७७ को सोमबार सम्पन्न खेलमा दुधे भेट्रान फुटबल क्लब, झापाले एलेभेन एरोज भेट्रान फुटबल क्लब दुहबी,सुनसरीलाई १-० गोल अन्तरले पराजित गरेको छ । यो जीतसँगै दुधे भेट्रान एफसी सेमीफानल प्रवेश गरेको छ ।

इटहरी –५ पचरुखी स्थित जनता बहुमुखी क्यापसको खेल मैदानमा सोमबार सम्पन्न भएको प्रतियोगितामा विजयी टिम दुधेका तर्फबाट खेलको १३ औं मिनेटमा यामप्रकाश चेम्जोङले गरेको गोल नै निर्णायक बन्न पुग्यो । अत्यन्तै प्रतिष्पर्धात्मक भएको खेलमा दुवै टोलीबाट आक्रमक प्रयास भएपनि थप गोल हुन सकेन।

प्रतियोगितामा उत्कृष्ट खेल खेल्दै निर्णायक गोल गर्न सफल दुधे भेट्रान फूटबल क्लब ,झापाका यामप्रकाश चेम्जोङ ´म्यान अफ दि म्याच `’घोषित भए । उनलाई पूर्व रास्ट्रीय खेलाडी सुरेन्द्र तामाङ र मन्दीप राईले संयुक्त रुपमा खेलकूद सामाग्री हस्तान्तरण गरे ।

भोलि मङ्गलबारको खेल विराट भेट्रान एफसी ,मोरङ र दमक भेट्रान एफसी, झापा बिच दिनको ३ बजे हुने आयोजकका सचिव श्याम चौधरीले मेरोमेचीनगर अनलाइनलाई जानकारी दिए ।

हाम्रो इटहरी भेट्रान फूटबल क्लबको आयोजना ,इटहरी उपमहानगरपालिकाको संयोजन, मुख्य प्रायोजक गोरखा प्राली र सह प्रायोजक गोकुलम रिसोर्ट रहेको प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेता टिमले नगद ५५ हजार र उपविजेताले ३१ हजार नगदसहित ट्रफि पाउने छन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सी. एन. गौतम

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।