११ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

एन्फाको बैठक जारी, प्रशिक्षक अब्दुल्लाह निस्किए

सेयर:

१५ साउन, काठमाडौं : राष्ट्रिय फुटबल टिमका प्रशिक्षकको राजीनामाको विषय टुंगो लगाउन बसेको एन्फा कार्यसमितिको बैठक जारी छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने केही समय बैठकमा सहभागी भएर निस्केका छन् ।

बैठक सुरु भएको एक घन्टापछि प्रशिक्षकको बैठकस्थलमा इन्ट्री भएको थियो । उनी सहायक कोच किरण श्रेष्ठ र गोलकिपिङ कोच विकास मल्लसँगै बैठकस्थलमा प्रवेश गरेका थिए । बीचमा उनी दुईपटक भित्र-बाहिर गरेका थिए । एकपटक बाहिर निस्केर पार्किङसम्म आएका उनलाई इन्द्रमान तुलाधर लगायतले फर्काएका थिए । फेरि दुईपटक उनी तलमाथि गरिरहे ।

अहिले भने उनी बैठक छाडेर हिँडेका छन् । सहायक कोच श्रेष्ठ र गोलकिपिङ कोच मल्लसँगै उनी गाडी चढेर बाहिरिएका हुन् । एन्फाको कार्यसमिति बैठक भने जारी छ । बैठकको प्रगति सम्वन्धमा केही पनि सूचना बाहिर आएको छैन ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।