१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

कर्माछिरिङ शेर्पालाई ६ मतअन्तरले हराउँदै पंकज विक्रम नेम्बाङ्ग विजयी

सेयर:

६ असार, काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी भएका छन् । निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराउँदै नेम्वाङ विजयी भएका हुन् ।

सोमबार भएको निर्वाचनमा नेम्वाङले ४५ मत पाए । त्यस्तै पराजित भएका शेर्पाले ३९ मत ल्याए । अध्यक्षमा निर्वाचित नेम्वाङ यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।

एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, दुई महिलासहित १५ सदस्य गरी २१ सदस्यीय कार्यसमितिको निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिएका थिए । अध्यक्षमा फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीवराज पौडेलले पनि उम्मेदवारी दिएका थिए । तर उनले मत नै पाएनन् ।

२०७५ वैशाख २२ मा एकलौटी रूपमै शेर्पाको समूहले एन्फाको चुनाव जित्यो । शेर्पा अध्यक्ष भए । सर्वाधिक मतसहित उपाध्यक्ष चुनिएका नेम्बाङलाई एक वर्षपछि वरिष्ठ उपाध्यक्ष बनाइयो । अध्यक्ष र वरिष्ठ उपाध्यक्षका रूपमा सहकार्य गरेका शेर्पा र नेम्वाङ यसपटक प्रतिस्पर्धामा उत्रिएका थिए । पंकजविक्रम पूर्वमन्त्री नरेन्द्रविक्रम नेम्बाङका छोरासमेत हुन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।