१३ मंसिर २०८३ ☀️ २६°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

भद्रपुर झापा गोल्डकपको उपाधिका लागि मछिन्द्र र आर्मी आज भिड्दै

सेयर:

१६ फागुन, झापा : प्रथम भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आज दुई शसक्त टिम ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लब र विभागिय टोली त्रिभुवन आर्मी क्लब बीच प्रतिष्पर्धा हुँदैछ ।

भद्रपुर नगरपालिकाको संरक्षणमा मेची रंगशालामा जारी प्रतियोगिता अन्तर्गत पहिलो संस्करणको उपाधि आफ्नो कब्जामा पार्न यी दुई टिम बीच फाइनल खेल आज दिउँसो साढे २ बजे हुन लागेको आयोजक समितिले जनाएको छ ।

आर्मीले पहिलो सेमी फाइनलमा संकटा क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने, मछिन्द्र क्लबले अन्तिम सेमी फाइनलमा एफिएफलाई पराजित गर्दै उपाधिका लागि आर्मीसँगको भेट पक्का गरेको थियो ।

फागुन ७ गतेदेखि सुरु भएको गोल्डकप आज समापन हुनेछ । तीन विदेशी टोलीसहित १० टिमको सहभागिता रहेको गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउनेछ ।

प्रतियोगिताको प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २० हजार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ ।

तियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।