१३ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

राष्ट्रिय महिला लिग: नेपाल पुलिस क्लबलाई हराउँदै विराटनगर शीर्ष तेस्रो स्थानमा

सेयर:

विराटनगर १ – ० नेपाल पुलिस क्लब

काठमाडौँ । ललितपुरकाे अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयको मैदानमा भएको बुधबार सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस क्लब मोफसलको टोली विराटनगर महानगरपालिकासँग १–० ले स्तब्ध भएको छ । विराटनगरकी पार्वती घलेले नवौँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो ।

ललितपुरकाे अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयको मैदानमा भएको दोस्रो खेलमा पुलिसमाथि रोमाञ्चक जित निकाल्दा विराटनगर तालिकाको तेस्रो ठाउँमा उक्लिएको छ । विराटनगरले ६ खेलबाट १० अङ्क जोडेर तालिकामा स्थान सुधार गरेको हो । पराजित पुलिस भने दुई अङ्क पछि पर्दै चौथो स्थानमा झरेको छ ।

निकै प्रतिस्पर्धात्मक भएको खेलमा विराटनगरले नवौँ मिनेटमा पार्वती घलेको गोलबाट अग्रता लिएको थियो । डिफेन्डरको गल्तीको फाइदा उठाउँदै लिएको अग्रतालाई विराटनगरले अन्तिमसम्म कायम राखेर खेल पस्किँदा लिगमा तेस्रो जित निकाल्न सफल भएको हो ।

पुलिसले पछि परेको अवस्थामा एकपछि अर्को काउन्टर प्रहार गरे पनि विराटनगर महानगरपालिकाको रक्षापङ्क्तिले उत्कृष्ट खेल देखाउन सक्यो । दोस्रो हाफको अन्तिम मिनेटतिर पुलिसले दबाब दिँदै खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र विराटनरलाई नजिता सुम्पिन बाध्य बन्यो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।