१३ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

राष्ट्रिय महिला लिग : एपीएफ लिग फुटबलको उपाधि नजिक

सेयर:

काठमाडौं । सशस्त्र प्रहरीको एपीएफ राष्ट्रिय महिला लिग फुटबलको उपाधि नजिक पुगेको छ ।

शीर्ष स्थानको सशस्त्रले शत्प्रतिशत नतिजालाई कायमै राख्ने क्रममा सोमबार एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा नेपाल पुलिस क्लबलाई २–१ पराजित गर्‍यो ।

सशस्त्रलाई जिताउन रबिना गोलेले एक गोल गर्दा अर्को गोल पुलिसकी कप्तान घिमकुमारी गुरुङको आत्मघातीबाट पाएको थियो । पुलिसका लागि अमृता जैसीले एक गोल फर्काइन् ।

संघर्षपूर्ण जित हासिल गरेको सशस्त्रले १० खेलमा ३० अंक जोडेको छ । सशस्त्रले दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबसँग पाँच अंकको अन्तर बनाएको छ । आर्मीको १० खेलमा २५ अंक रहेको छ ।

यता, दोस्रो खेलमा विराटनगर महानगरपालिकाले वालिङ नगरपालिकालाई १–० ले पराजित गरेको छ । विराटनगरको जितमा भारतीय खेलाडी आशा कुमारीले निर्णायक गोल गरिन् ।

जितसँगै विराटनगर ११ खेलमा १६ अंकसहित तेस्रो स्थानमा पुगेको छ । चौथो स्थानको वालिङको १४ अंक छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।