इटहरी , फागुन २२ । सुनसरीको इटहरीमा जारी १ नम्बर प्रदेश स्तरीय भेट्रान नकआउट फूटबल प्रतियोगिता-२०७७ को आजको फाइनल खेल हाम्रो इटहरी भेट्रान क्लब, सुनसरी र विराट भेट्रान फूटबल क्लब ,मोरङ बीच शनिबार दिनको ३ बजे हुँदैछ ।
यस अघिको सेमिफाइनल खेलमा आयोजक इटहरीले दुधे झापालाई र विराट चौकले जहदा मोरङलाई पराजित गर्दै फाइनल पुगेका थिए ।
इटहरी –५ पचरुखीस्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा सप्पन्न हुने आजको खेलका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकका सचिव श्याम चौधरीले मेरोमेचीनगर अनलाइनलाई जानकारी दिए ।
हाम्रो इटहरी भेट्रान फूटबल क्लबको आयोजना ,इटहरी उपमहानगरपालिकाको संयोजन, मुख्य प्रायोजक गोरखा ब्रुअरी प्राली र सह प्रायोजक गोकुलम रिसोर्ट रहेको प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाएका थिए।
आजको प्रतियोगिताको विजेता टिमले नगद ५५ हजार र उपविजेताले ३१ हजार नगदसहित ट्रफि पाउने छन् ।
