१२ मंसिर २०८३ ☀️ २२°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

आज साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र माल्दिभ्स भिड्दै

सेयर:

१५ असोज काठमाडौं: १२औं संस्करणको साफ च्याम्पियसिप फुटबल प्रतियोगिता आजबाट मादिल्भ्सको राजधानी मालेमा सुरु हुँदै छ।

नेपालले पहिलो खेल आयोजक माल्दिभ्ससँग खेल्नेछ। आज अपरान्ह ४ः४५ बजे नेपाल र माल्दिभ्सको खेलसँगै साफ च्याम्पियनसिप सुरु हुनेछ।

पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य बोकेको नेपालले पनि आजैबाट आफ्नो उपाधिको यात्रा सुरु गर्नेछ।

प्रशिक्षक अब्दुल्लाह अलमुतारीको प्रशिक्षणमा रहेको नेपाली टिम पहिलो पटक च्याम्पियन बन्ने दाउमा छ। त्यसका लागि नेपालले ३ महिलादेखि प्रशिक्षण गरेको छ। यसबीच नेपालले भारतसँग २ र ओमानसँग १ मैत्रीपूर्ण खेल पनि खेलेको छ।

युवा खेलाडीले भरिएको नेपाली टिमले पछिल्लो समय राम्रो प्रदर्शन गरेकाले नेपाली टिम उत्साहित छ। नेपाली टिम कतारमा २ साता प्रशिक्षण गरेर उतैबाट माल्दिभ्यस पुगेको हो।

नेपाली टिम

गोलकिपर : किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डर : दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, रोहित चन्द।

मिडफिल्डर : विशाल राई, सुनील बल, सुरज ज्यु ठकुरी, नितिन थापा, पुजनउपरकोटी, तेज तामाङ, सुजल श्रेष्ठ, सन्तोष तामाङ, आयुष घलान, कमल थापा।

फरवार्ड : नवयुग श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, सुमन लामा, आशिष लामा।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।