१३ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

राष्ट्रिय महिला लिग: आर्मीले रौतहटलाई १०-० गोलको फराकिलो अन्तरले हरायो

सेयर:

काठमाडौँ, माघ १६ । महिला राष्ट्रिय लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले सानदार जित हात पारेको छ।

शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीले चन्द्रपुर नगरपालिका रौतहटलाई १०-० गोलले पराजित गरेको हो।

आर्मीको जितमा शर्मिला थापा र रश्मि घिसिङले ४-४ गोल गरे भने विमला चौधरी र सपना लामाले १-१ गोल थपे।

जितसँगै आर्मी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। आर्मीको ७ अंक भएको छ। तेस्रो स्थानको नेपाल पुलिस क्लब र चौथो स्थानको वालिङ नगरपालिकाको समान ५-५ अंक छ। विमलाले खेलको तेस्रो मिनेटमा गोल गरिन् ।

शर्मिलाले १५, ३५ र ५१ मिनेटमा गरी ह्याट्रिक पूरा गरिन्। उनले ६४ मिनेटमा व्यक्तिगत चौथो गोल गरेकी थिइन्। सपनाले खेलको ४४ मिनेटमा गोल गरेकी थिइन् । रश्मिले खेलको ५९, ६२ र ६६ मिनेटमा गोल गर्दै ह्याट्रिक गरिन् । उनले ८४ मिनेटमा व्यक्तिगत चौथो गोल गर्न सफल भइन्।

आर्मीका प्रशिक्षक राजु तामाङले ठूलो अन्तरको जितले टिमको आत्मविश्वास बढाएको बताए। चन्द्रपुरका सहायक प्रशिक्षक चित्र दर्लामी मगरले मुख्य खेलाडी घाइते हुँदा प्रदर्शन खस्किएको बताए।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।