१२ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

सबै देशका पर्यटकका लागि श्रीलंकाले आफ्नो सिमानालाई पूर्णरूपमा खुल्ला गर्‍यो

सेयर:

श्रीलङ्काले सबै देशका पर्यटकका लागि आफ्नो सिमानालाई पूर्णरूपमा खुल्ला गरेको छ । कोरोना महामारीका कारण लामो समय पर्यटक तथा अन्य आगमनकर्तालाई बन्द गरेको श्रीलंकाले अर्थतन्त्रमा नै असर गर्न थालेपछि पनि पुनः खुल्ला गरेको हो ।

सरकारले महामारीबाट प्रभावित अर्थतन्त्रलाई उकास्‍न पर्यटकीय गतिविधि सञ्चालन र वैदेशिक आवागमनलाई खुला गर्ने निर्णय गरेको हो ।

महामारीका कारण करिब ३० लाख मानिसलाई रोजगारी दिनुका साथै विदेशी मुद्रासमेत आर्जन गरिरहेको पर्यटन उद्योग धराशायी बनेपछि सरकारले सीमालाई खोल्ने निर्णय गरेको हो ।

महामारीबाट सुरक्षित रहन सरकारले विभिन्न सुरक्षा मापदण्ड र प्रक्रिया अवलम्बन गर्ने जनाइएको छ । पर्यटकहरूले बीमा गर्नुपर्ने र आवागमनपछि आफ्नै खर्चमा पीसीआर परीक्षणको लागि भुक्तान गर्नुपर्नेछ । श्रीलंकामा हाल क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान राखिएको छैन ।-

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।