१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

इलाममा बन्यो प्रदेश १ को पहिलो स्काइब्रिज

सेयर:

इलाम : प्रदेश १ मा पहिको स्काइब्रिज शुक्रबारबाट औपचारिक उद्घाटनमा आएको छ। इलामको सूर्योदय नगरपालिका वडा नम्बर ७ को मेची राजमार्गको छेवैमा बनेको ब्रिजको संचालनमा आएको हो ।

पर्यटन क्षेत्र कन्यामको आकर्षक चिया बगान देखि हिमालसम्म देखिने ब्रिजको सबैभन्दा सिरानमा सिसा टेकेर दृश्य लिइन्छ । त्यहाँ पुगेर धेरैले मनोरञ्जन लिने र डरको अनुभव गर्छन् ।

तस्वीर : उदयकुमर श्रेष्ठ

कन्याम क्लाउड्सको नामक कम्पनीबाट बनेको ब्रिजको सम्पुर्ण प्याकेज लगानी पाँच करोड भएको लगानीकर्ता इटहरीका पर्यटन व्यवसायी सुनिल भुसालले जानकारी दिए। उनले भने, ‘अहिले ब्रिज मात्रै संचालन भएको हो। बाकी होटल, स्विङ देखि थप पूर्वाधार निर्माणकै क्रममा छन् ।’ देशभर यस्तै परियोजना गर्दै आएको वन्डर्स नेपालका सिइओले स्थानीयको सहयोग भए लगानी गर्ने बताए।

उद्घाटनमा मेयर रणबहादुर राई, निर्माणकर्ता वन्डर्स नेपालका सिइओ सोहन श्रेष्ठ, नायिका वर्षा राउत, गायिका एलिना चैहान लगायतक प्रदेश १ का थुप्रै पर्यटन क्षेत्रका हस्तिहरुको उपस्थिति रहेको थियो।(नेपालप्रेसबाट )

नाट्टा प्रदेश १ का अध्यक्ष तथा अन्य अतिथिहरु स्काइब्रिजमा सेल्फी निलु हुँदै
Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।