१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

घुमौँ पूर्वको अभियान शुरु : जनकपुर–सौराहा–पोखरा र लुम्बिनी पुग्ने

सेयर:

विराटनगर । प्रदेश १ को पर्यटकिय क्षेत्र प्रवर्द्धन तथा प्रचार प्रसारको अभियान शुरु भएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धन र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) प्रदेश १ को संयोजनमा प्रदेश १ का होटल तथा पर्यटन व्यावसायी जनकपुर, सौराहा, पोखरा हुँदै लुम्बिनी पुगेर प्रदेश १ को पर्यटन प्रवर्द्धन गर्ने छन् । प्रदेश १ को पर्यटकिय क्षेत्र प्रवर्द्धन तथा प्रचार प्रसारको लागि ५ दिने अभियान शुरु भएको नाट्टा प्रदेश १ का अध्यक्ष उदय कुमार श्रेष्ठले जानकारी दिए ।

प्रदेश १ मा पर्यटकीय संभावना भएर पनि पर्यटक आउन नसकेको अवस्थामा होटल तथा पर्यटन व्यवसायीले यो अभियानको शुरुवात गरेका हुन् । आन्तरिक पर्यटन पुनरुत्थान एवं प्रवर्द्धन अभियान नाम दिएर शुरु भएको प्रचार प्रसारको यो अभियानबाट पोखरा, चितवन र लुम्बिनीमा आउने पर्यटकलाई प्रदेश १ मा तान्न सकिने क्षेत्रीय होटल संघका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए । अभियानको क्रममा प्रदेश १ का होटलहरुको अवस्था, दिईने छुट तथा दोहोरो सहकार्यको बारेमा पनि त्यहाँका पर्यटन व्यवसायी तथा ट्राभल्स एजेन्सीसँग छलफल हुने जनाईएको छ

नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको अभियानमा होटल एशोसिएशन अफ नेपाल, नेपाल एशोसिएशन अफ ट्राभल्स एजेन्ट, आन्तरिक पर्यटन पुनरुत्थान समितिका पदाधिकारीहरु सहभागी छन् । १० जनाको टोलीले जनकपुर, सौराहा, पोखरा र लुम्बिनीका पर्यटन ब्यवसायी, होटल व्यवसायी तथा ट्राभल्स एजेन्सीका अधिकारीसँ भेटेर पूर्वको पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिईने आन्तरिक पर्यटन पुनरुत्थान समितिका प्रदेश १ संयोजक भबिश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार अभियानबाट पूर्वमा पर्यटक ल्याउन सकिने आधारहरु प्रस्तुन हुने तथा पूर्वका ब्राण्डहरु, प्राकृतिक, संस्कृतिक र पर्यटकीय स्थलको बारेमा जानकारी गराउने तयारी छ ।पूर्वका होटलले दिने सेवा सहित अफर सहित डिस्काउन्टको बारेमा पनि जानकारी गराउने अभियानको उदेश्य रहेको संयोजक श्रेष्ठको भनाई छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।