प्रेरक प्रसंग : बालकको स्वावलम्बन

A notice in Nepali from Mechinagar Ward No. 10

प्राचीन ग्रिसमा किलेन्थिस नामक एक बालक एथेन्सका तत्कालीन विख्यात तत्ववेत्ता जिनोको पाठशालामा पढ्थे । बालक अत्यन्त गरिब थिए । उनको शरीरमा सद्दे कपडा कहिल्यै देखिन्नथे । ती कपडा लाज ढाक्नसमेत पर्याप्त थिएनन् । तर, शरीरमा कपडा नभए पनि उनी विद्यालयले तोकेको शुल्क भने नियमित बुझाउने गर्थे ।

बालक पढाइमा अत्यन्त तेज थिए । जसले गर्दा अन्य सबैजसो विद्यार्थी उनको ईष्र्या गर्थे । शरीरमा ढंगको कुनै कपडा नहुने किलेन्थिसले स्कुलको शुल्क भने नियमित तिरिरहेकोमा केही विद्यार्थीलाई सन्देह थियो ।

उनीहरू किलेन्थिसले चोरी गरेर शुल्क तिरिरहेकामा विश्वस्त थिए । आखिर उनीहरूले चोर भन्दै किलेन्थिसलाई पक्राउ गराइछाडे । मुद्दा अदालतसम्म पुग्यो । किलेन्थिसले निर्भयतापूर्वक न्यायाधीशसमक्ष भने– महोदय, म यस विषयमा पूर्णतः निर्दोष छु । मैले चोरी गरेको छैन । ममाथि लागेको आरोप सर्वथा झुटो हो ।

यस विषयमा सफाइ दिनका लागि म दुईजना साक्षी प्रस्तुत गर्ने अनुमति चाहन्छु । साक्षीलाई बोलाइयो । पहिलो साक्षी थिए, एक माली । उनले भने– यी बालक हरेक दिन मेरो बगैँचामा आउँछन्, इनारबाट पानी निकालेर बिरुवामा हाल्न मलाई सघाउँछन् । यस मजदुरीबापत म उनलाई केही पैसा दिने गर्छु ।

दोस्री साक्षी एक वृद्धा थिइन् । उनले भनिन्– मेरो घरमा गहुँ पिस्नेवाला कोही छैन । म पनि निकै बुढी भइसकेँ, जाँतो घुमाउन सक्दिनँ । यी बालक हरेक दिन मेरो घरमा आउँछन् र मेरा लागि गहुँ पिसिदिन्छन् । बदलामा म उनलाई मजदुरीबापत केही पैसा दिने गर्छु ।

बालक किलेन्थिसले यसरी परिश्रमबाट आफ्नो पढाइ खर्च जुटाइरहेको थाहा पाएपछि अदालतले उनको पढाइ खर्च राज्यका तर्फबाट उपलब्ध गराउने प्रस्ताव राख्यो । तर, बालक किलेन्थिसले यो प्रस्ताव सीधै अस्वीकार गर्दै भने– महोदय, म स्वयं परिश्रम गरेर पढ्न चाहन्छु ।

कसैसामु हात फैलाएर दान लिनभन्दा स्वावलम्बी बनेर अघि बढ्न मलाई मेरा आमाबाले सिकाउनुभएको छ । त्यसैले, मलाई काम गरेर पढ्न दिनुहोस्, महोदय ! बालकको आत्मविश्वास र स्वावलम्बी सोच देखेर अदालतमा उपस्थित सबै उनीसामु नतमस्तक भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.