१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

काडाँघारी प्रहरी प्रभाग डुबानमा, मोटरसाइकलसहित मेसको सामान बगायो

सेयर:

२५ साउन, काठमाडौँ : अविरल वर्षाको कारण काठमाडाैंकाे काडाँघारीस्थित प्रहरी प्रभाग डुबानमा परेकाे छ । गएराति परेकाे वर्षाले‍ प्रहरी प्रभागकाे तल्लाको पुरै भाग डुबानमा परेकाे हाे‍ ।

बाढीले प्रभागमा रहेको मेसको आधा भाग बगाएको, मेस भित्र भएको ग्यास,खादद्यन्न, भाडाहारू,फर्निचरको सामान सबै बगाएको छ ।

कार्यलयको पछाडिको भागमा रहेको ३ वटा मोटरसाइकल बगाएको र बाकँीको बिबरण आउन बाँकी रहेको प्रहरी प्रभाग काडाँघारीले जनाएको छ ।

प्रहरीका अनुसार बेस सेटले काम गर्न छाडेको, मोटोरोला सेटमा टीएक्स नहुने,नहुने, हाइट्रा सेटबाट पनि अलिअलि मात्रै काम गरेकाे छ । बत्ती नभएको कारण कार्यालयको सीयुजी फोन समेत बन्द भएको छ ।

यस्तै गौरिघाटस्थित बागमति किनारामा बाढीमा फसेका ३ जनालाई गएराति उद्धार गरिएको छ । डुबानमा फसेकालाई प्रहरीले राति नैउद्धार गरेको हो । यस्तै मंगलबार राति आएको बाढीमा फसेका खहरे माथि राडारबाट २ जना पुरुष ब्यक्तिको उद्दार गरिएको काडाँघारी प्रहरी प्रभागले जनाएको छ ।

साथै डुबानमा परेको ३ वटा सानो र ४ वटा ठुलो गाडी निकालिएको छ । प्रहरीका अनुसार हरहर महादेब नजिकैको गाइगोठमा ५/७ जना मानिस अलपत्र रहेकाले उद्धार कार्य भइरहेको छ । ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।