Thursday, November 19, 2026 ☀️ ११°C काठमाडौं
🥇 सुन: रु. २,५७,६०० | 💵 डलर: रु. १३४.५०
English Edition
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

ट्रम्पले लगाएको ट्यारिफ अवैध भएको अमेरिकी अदालतको फैसला

सेयर:

भदौ १४, काठमाडौं । अमेरिकाको एउटा पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको ट्यारिफ वा अन्य देशका आयातमा लगाइएको शुल्क अवैध भएको फैसला सुनाएको छ ।

rn

फैसलाले ट्रम्पले ‘पारस्परिक ट्यारिफ’ भनेर विश्वभरका धेरैजसो देशमा लगाएका शुल्कका साथै चीन, मेक्सिको र क्यानडामा लगाएका अन्य ट्यारिफलाई समेट्छ । तर यो फैसलाले स्टील र अल्युमिनियमको आयातमा लगाइएका अन्य ट्यारिफलाई छुँदैन किनभने ती ट्यारिफ राष्ट्रपतिको भिन्नै अधिकारअन्तर्गत लगाइएका थिए ।

rn

साना व्यवसायी तथा अमेरिकी राज्यहरूको समूहले दायर गरेको दुईवटा मुद्दाको सुनुवाइका क्रममा पछिल्लो फैसला आएको हो । अमेरिकाको कोर्ट अफ अपिल्स फर द फेडरल सर्किटले बहुमत न्यायाधीशको निर्णयमा राष्ट्रपति ट्रम्पले आपत्कालीन आर्थिक अधिकारसम्बन्धी कानूनले आफूलाई ट्यारिफ लगाउन अनुमति दिएको भनेर गरेको तर्कलाई अमान्य भनिदिएको छ ।

rn

अदालतले ट्यारिफ लगाउने कार्य राष्ट्रपतिको कार्यादेश अन्तर्गत नपर्ने भन्दै शुल्क तोक्ने विषय अमेरिकी कङ्ग्रेस अर्थात् संसदको मूल अधिकार क्षेत्रमा पर्ने भनेको छ । ट्रम्प प्रशासनलाई फैसलाविरुद्ध सर्वोच्च अदालतमा जान समय दिनका लागि यो फैसला आउँदो अक्टोबर १४ तारिखसम्म लागू नहुने बीबीसीले जनाएको छ ।

rn

अदालतको फैसलालाई लिएर राष्ट्रपति ट्रम्पले चर्को आलोचना गर्नुभएको छ । उहाँले ट्रुथ सोसलमा यदि यो फैसलालाई यत्तिकै रहन दिने हो भने यसले अमेरिकालाई हानी पुर्‍याउने बताउनुभएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

chas

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।