१३ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

नेपाली राष्ट्रिय फुटबल टिम पुग्यो इराक

सेयर:

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

काठमाडौँ — इराकविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम बुधबार दिउँसो इराकको बासरा सहर पुगेको छ ।

तस्बिर सौजन्य : एनएसजेएफ

नेपालले कुवेतमा हुने विश्वकप एसियाली छनोटका बाँकी खेल अगाडि पूर्व एसियाली च्याम्पियन तथा एसियाली फुटबल शक्ति इराकविरुद्ध यो मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

खेल जेठ १५ शनिबार बासराको अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । नेपालले आफूभन्दा निकै माथिल्लो वरीयताको टिमसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको यो पहिलो पल्ट हो । मंगलबार राति विशेष विमानबाट उडेको नेपाली राष्ट्रिय टिम कतार भएर बासरा पुगेको हो । नेपाली टिम त्यहाँको सेराटन होटलमा बसेको छ ।

नेपालले कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुटारीको नेतृत्वमा खेल्न लागेको यो पहिलो खेल हुनेछ । त्यसपछि नेपालले विश्वकप छनोटअन्तर्गत चानिया ताइपेयी, जोर्डन र अस्ट्रेलियाविरुद्ध खेल्नेछ ।

यस विश्वकप छनोट एसियाकप छनोटका रूपमा पनि रहेको छ र यसमा आफू अनुकूल नतिजा निकाल्न सके नेपालसामु एसियाकपमा छनोटको सम्भावना बढाउन सक्नेछ ।

इकान्तिपुरबाट

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।