१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

राष्ट्रपतिद्वारा संविधान दिवसकाे अवसरमा ५३१ कैदीलाई माफी

सेयर:

काठमाडाैं : संविधान दिवसकाे अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ५ सय ३१ जनालाई माफी भएकाे छ। नेपालको संविधानको धारा २७६ बमोजिम मन्त्रिपरिषद्को मिति भदाै २९ गतेको सिफारिसमा ५ सय ३१ जनालाई माफी भएकाे हाे।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्‍नाथ पन्तले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ,‘मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ को प्रावधानअनुसार पूर्णबहादुर भन्ने किशोर भण्डारी समेतका ८ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय संविधान दिवस, २०७८ को अवसरमा माफी भएको छ।’

यस्तै, संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४, जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३, सर्वोच्च अदालतबाट रिट नं. ०७६-WO-०९३९ को मुद्दामा साउन १९ मा भएको परमादेशको आदेश, मुलुकी अपराधसंहिता, २०७४ तथा बालबालिकासम्बन्धी ऐन, २०७५ र फौजदारी कसुर (कैदकट्टा) नियमावली, २०७६ बमोजिम मन्त्रिपरिषद्को भदाैं २९ गतेको सिफारिसमा संविधान दिवसकाे अवसरमा असाेज ३ गतेबाट लागू हुने गरी हर्कबहादुर राई समेत ५ सय २३ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ।

हेर्नुहाेस् विज्ञप्ति :

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।