१२ मंसिर २०८३ 🌫️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

मेस्सीको डेब्यू खेलमा जीतसँगै फ्रेन्च लिग वानमा पीएसजीको लगातार चौथो जीत

सेयर:

१४ भदौ, काठमाडौं : फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले रेम्सलाई २-० ले हराएको छ। अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीले डेब्यू गरेको खेलमा पिएसजीले लगातार चौथो जित निकालेको हो। चारै खेल जितेको पिएसजी तालिकाको शीर्ष स्थानमा छ।

उसको जितमा किलियन एम्बाप्लेले दुई गोल गरे। पहिलो २ खेलमा पनि एम्बाप्पेले गोल गरेका थिए। पीएसजीबाट स्पेनिस ला लिगा क्लब रियाल मड्रिड जाने चर्चाका बीच एम्बााप्पे पीएसजीबाटै मैदान उत्रिएका थिए। उनी जारी सिजन उत्कृष्ट लयमा देखिएका छन्।

मेस्सी ६६औं मिनेटमा नेइमारको स्थानमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए। उनले मैदानमा समर्थकबाट दरिलो साथ पाएका थिए। मेस्सी बार्सिलोनाबाट पीएसजीमा आबद्ध भएका थिए।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।