१३ मंसिर २०८३ ☀️ २५°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

एमाले मेचीनगरको स्थानीय तह निर्वाचन २०७९ का लागि प्रतिवद्धता पत्र सार्वजनिक

सेयर:

१३ वैशाख, मेचीनगर: नेकपा एमाले मेचीनगरले स्थानीय तह निर्वाचन २०७९ का लागि पार्टीको प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।

काँकरभिट्टामा नेपाल कम्यूनिष्ट पार्टी एमाले मेचीनगर कमिटीले स्थानीय तह निर्वाचन २०७९ प्रतिवद्धता पत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य एवम् नेकपा एमाले झापाका सह—इञ्चार्ज रविन कोइराला, १ नम्बर प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, नेताहरु विष्णुप्रसाद प्रसाई, नीलकण्ठ तिवारी, भीम खवास, हरिचरण बानियाँलगायतका नेताहरुले संयुक्तरुपमा प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको थियो । एमालेले स्थानीय तहमा स्वास्थ्य सुधारको विषयलाई पहिलो प्राथमिकतामा राखेर चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।

प्रतिवद्धता पत्रमा ‘निरोगी नगर, स्वस्थ्य नगरवासी’ स्वस्थ्य सेवा र सुविधा पाउनु हरेक नागरिकको सम्बन्धी मौलिक अधिकार हो भन्ने मान्यता बमोजिम नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा र सुविधा पुर्याउने कार्यक्रम ल्याइने उल्लेख छ । हरेक परिवारले कम्तिमा एकलाख रुपैयाँको स्वास्थ्य उपचार सुविधा पाउने सुनिश्चित गर्न ज्येष्ठ, असहाय, श्रमिकलगायत विपन्न वर्गको पहिचान गरेर निःशुल्क रुपमा स्वास्थ्य बिमा गरिने एमाले मेचीनगर कमिटीको योजना छ ।

एमालेले प्रतिवद्धता पत्रमा शिक्षाको विषयलाई महत्व दिएको छ । कक्षा १२ सम्म निःशुल्क शिक्षा,गरीवलाई डाक्टर इन्जिनियर पढाउने बाचा गर्दै माध्यमिक तहसम्मको शिक्षा पाठ्यपुस्तकसहित निःशुल्क गरिने जनाएको छ । श्रमिक, सीमान्तकृत समुदाय र विपन्न वर्गका मेधावी विद्यार्थीलाई एमबीबीएस र बीई अध्ययन गर्न निश्चित मापदण्ड बनाएर नगर सरकारकोतर्फबाट छात्रावृत्तिको व्यवस्था मिलाउने प्रतिबद्घता पत्रमा समेटिएको छ ।

आधूनिक र व्यवसायिक कृषि, मेचीनगरको समृद्घिका भन्दैं उस्ले कृषि, सामाजिक सुरक्षा भत्ता, सडक र भौतिक पूर्वाधार , उद्योग व्यापार, कला, साहित्य, संस्कृति र सञ्चार, खानेपानी, मौलिक कला संस्कृति, सुशासन र पारदर्शिता, युवा तथा खेलकुद ,महिला सशक्तिकरण, वन, वातावरण प्रकृति संरक्षणको विषयलाई एमालेले प्राथमिकताका साथ समेटेको छ । आधुनिक व्यावसायिक कृषिःमेचीनगरको संमृद्धि ठहर गर्दै एमालेले नगदे तथा तरकारी बालीका लागि ‘एक वडा एक उत्पादन’को कार्यक्रम ल्याउने र कृषि उपज तथा उत्पादनको उपभोग तथा बजारिकरणका लागि चारआली, धुलावारी, इटाभट्टा र बाहुनडाँगीमा कृषि मण्डीको विस्तार गर्ने उल्लेख छ । सामाजिक सुरक्षा भत्ता अब घर घरमा पुर्याउने एमालेको प्रतिवद्धता पत्रमा उल्लेख छ ।

श्रमिक तथा विपन्न वर्गलाई घरायसी प्रयोगका लागि वार्षिक २ सय ४० युनिट बिजुली र मासीक न्यूनतम खानेपानी महसुल निःशुल्क उपलब्ध गराउने एमालेको योजना छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।