१२ मंसिर २०८३ 🌫️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

मेचीनगरमा ३४ जनाले कोभिड जिते

सेयर:

काँकरभिट्टा, ७ जेठ / झापाको मेचीनगरमा ३४ जना कोभिड १९ को संक्रमणबाट निको भएर घर फर्केका छन् । कोभिड नियन्त्रण कार्यदल संयोजक नवीन वरालका अनुसार नगरपालिकाले सञ्चालनमा ल्याएको मेचीनगर—११ स्थित धाईजनको आईसोलेसन सेन्टर, मेची प्रादेशिक अस्पताल भद्रपुर, विराटनगरको कोशी अस्पताल, वीपी कोइराला विज्ञान प्रतिष्ठान घोपा धरान लगायतका विभिन्न अस्पतालबाट मेचीनगरका संक्रमितहरु निको भएर घर फर्किएका हुन् ।
मेचीनगरमा हाल ४ सय १३ जना संक्रमित रहेका छन् । यसैबीच मेचीनगरमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या १० पुगेको छ । शुक्रबार मेचीनगरका एक जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यसअघि नगरका विभिन्न वडाका ९ जना संक्रमितको मृत्यु भइसकेको छ ।
५० वर्षीय ती पुरुषको मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा विहान ५ वजे मृत्यु भएको मेचीनगरपालिका कोभिड संयोजक तथा सामाजिक विकास समिति संयोजक नबिन बरालले बताउनुभयो । मेचीनगर–१५ स्थित ज्यामिरगढी निवासी उनको केहि दिनदेखि सोहि अस्पतालमा भेन्टिलेटरमा उपचार भईरहेको थियो । जेठ १ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका थिए । उनलाई स्वास्थ्यमा थप समस्या आएपछि मेची अस्पताल लगिएको थियो । शुक्रबार दिउसो स्थानीय नदीमा नेपाली सेनाको टोलीले दाहसंस्कार गरिएको संयोजक बरालले जानकारी दिनुभयो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुजन प्रधान

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।