१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

डेढ वर्षपछि नेपाल–सिलगुरी बससेवा सुचारु

सेयर:

२५ कात्तिक मेचीनगर : काठमाडौं र भारतको पश्चिम बंगालस्थित सिलगुरीबीचको बससेवा डेढ वर्षपछि सुचारु भएको छ ।

कोरोना महामारीका कारण रोकिएको बससेवा मंगलबारबाट सुरु भएको हो । ४५ सिट क्षमताको बस मंगलबार अपरान्ह सिलगुरीको जक्सन बसपार्कबाट काठमाडौंका लागि छुटेसँगै बससेवा सुचालु भएको हो ।

उक्त बस बिहीबार बिहान काठमाडौं आइपुग्ने छ । बस काकडभिट्टा, लालगढ, नौबिसे भएर काठमाडौं आउने सिलगुरी बस ओनर एण्ड बुकिङ एशोसियसनले जनाएको छ ।

यात्रुले सम्पूर्ण सुरक्षा मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । बस मंगलबार, बिहीबार र शनिबार काठमाडौंबाट दिउँसो तीन बजे सिलगुरीका लागि छुट्नेछ । भाडादर प्रतिव्यक्ति २ हजार ४ सय रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।