१२ मंसिर २०८३ 🌫️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

के एन्ड्रोइडको टाइप-सी केबलले तपाईँको महँगो आइफोन बिगार्न सक्छ? जान्नुहोस् सत्यता

सेयर:

यदि तपाईँले आइफोन १६ वा आइफोन १५ सिरिज का टाइप-सी चार्जिङ पोर्ट भएका डिभाइसहरूलाई एन्ड्रोइड फोनको टाइप-सी चार्जिङ केबलले चार्ज गरिरहनुभएको छ भने सावधान रहनुहोस्। यसले तपाईँको महँगो आइफोनलाई नोक्सान पुर्याउन सक्छ।

टाइप-सी केबलमा के छ वास्तविक फरक?
एप्पलले आफ्नो बक्समा वा छुट्टै बेच्ने USB Type-C केबलमा एउटा विशेष इन्टिग्रेटेड चिप (Integrated Chip) जडान गरेको हुन्छ। यो चिपले आइफोनको चार्जिङ सिस्टमसँग तालमेल मिलाएर सुरक्षित चार्जिङ प्रदान गर्दछ। तर, एन्ड्रोइड फोनका अधिकांश केबलहरूमा यो सिस्टम हुँदैन। एन्ड्रोइडका टाइप-सी केबलहरूले सामान्य वा हाई-स्पीड चार्जिङ सपोर्ट गरे पनि, तिनीहरू एप्पलको संवेदनशील चार्जिङ आर्किटेक्चरसँग मेल खाँदैनन्।

आइफोनलाई कसरी नोक्सान हुन सक्छ?
केही टेक विशेषज्ञहरूका अनुसार, आइफोनमा चार्जिङका लागि इन्टिग्रेटेड सर्किट (IC) विशेष तरिकाले डिजाइन गरिएको हुन्छ। यदि तपाईँले फोनसँग कम्प्याटिबल नभएको वा धेरै करेन्ट पास गर्ने चार्जिङ केबल प्रयोग गर्नुहुन्छ भने, यसले चार्जिङ IC लाई नोक्सान पुर्याउन सक्छ। यसबाट फोनको ब्याट्री छिटो बिग्रन सक्छ, चार्जिङ सुस्त हुन सक्छ वा पूर्ण रूपमा बन्द पनि हुन सक्छ। यसका अतिरिक्त, मदरबोर्ड जल्ने खतरा पनि बढ्छ।

एन्ड्रोइडको टाइप-सी केबल आइफोनमा प्रयोग गर्ने कि नगर्ने?
सामान्यतया, हरेक स्मार्टफोन कम्पनीले आफ्ना डिभाइसहरूलाई बक्समा दिइएको चार्जिङ केबलले मात्र चार्ज गर्न सल्लाह दिन्छन्। यद्यपि, यदि तपाईँ कुनै आपतकालीन अवस्थामा हुनुहुन्छ जहाँ तपाईँसँग अरू कुनै विकल्प छैन भने, तपाईँ कहिलेकाहीँ एन्ड्रोइडको टाइप-सी चार्जिङ केबल प्रयोग गरेर पनि आइफोन चार्ज गर्न सक्नुहुन्छ। यसले फोनलाई धेरै नोक्सान गर्दैन, तर तपाईँले यसो नियमित रूपमा गर्नु हुँदैन। सधैँ एप्पलद्वारा दिइएको वा Apple MFi (Made for iPhone) सर्टिफाइड केबल र चार्जरको मात्र प्रयोग गर्नुहोस्।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुजन प्रधान

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।