१३ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

तिहार र छठलाई लक्षित गरी भित्रियो साढे २ अर्बको ‘भाइ मसला’, करिब ६० करोड राजस्व सङ्कलन

चालु आर्थिक वर्षको पहिलो तीन महिनामै गत वर्षको तुलनामा आधाभन्दा बढी सुक्खा फलफूल तथा नरिवल आयात भएको छ।

सेयर:

चालु आर्थिक वर्षको पहिलो तीन महिनामै गत वर्षको तुलनामा आधाभन्दा बढी सुक्खा फलफूल तथा नरिवल आयात भएको छ।

📌 मुख्य बुँदाहरू:

  • चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको 'भाइ मसला' आयात भएको छ।
  • ओखर, काजु, बदाम, किसमिस र नरिवलको आयातबाट सरकारले ५९ करोड ३३ लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ।
  • गत आर्थिक वर्षमा कुल ४ अर्ब ४४ करोड रुपैयाँ बराबरको सुक्खा फलफूल आयात भएकोमा यस वर्षको तीन महिनामै सोको ५० प्रतिशतभन्दा बढी भित्रिसकेको छ।

नेपालीहरूको दोस्रो ठुलो चाड तिहार (दीपावली) तथा छठ पर्वलाई लक्षित गरी चालु आर्थिक वर्षको पहिलो तीन महिनामा करिब अढाइ अर्ब रुपैयाँ बराबरको भाइ मसला नेपाल भित्रिएको छ। भाइटिकाका दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएर सगुनका रूपमा दिने प्रचलनका कारण यस अवधिमा सुक्खा फलफूलको कारोबार उच्च हुने गरेको छ।

भन्सार विभागको तथ्याङ्कअनुसार चाडपर्वमा अत्यधिक खपत हुने ओखर, काजु, बदाम, किसमिस र नरिवलको आयातका लागि मात्रै चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ अर्ब ४४ करोड १४ लाख ७८ हजार रुपैयाँ बाहिरिएको छ। यसरी भएको आयातबाट राज्यले ५९ करोड ३३ लाख १५ हजार रुपैयाँ भन्सार राजस्व सङ्कलन गर्न सफल भएको छ।

आयातको आकार र व्यापार प्रवृत्ति

गत आर्थिक वर्षमा कुल ४ अर्ब ४४ करोड रुपैयाँ बराबरको सुक्खा फलफूल तथा नरिवल आयात भएको थियो। तर चालु आर्थिक वर्षको पहिलो तीन महिनामै गत वर्षको कुल आयातको ५० प्रतिशतभन्दा बढी भ भइसकेको छ। यसले चाडपर्वका बेला नेपाली बजारमा भाइ मसलाको माग उच्च रहने गरेको तथ्यलाई स्पष्ट पार्छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।