३ जेठ, झापा : नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३२ औँ स्मृति दिवसका अवसरमा शनिवार झापाका अलग अलग स्थानमा विविध कार्यक्रम सम्पन्न भएको छ ।

२०५० जेठ ३ गते दासढुङ्गा चितवनमा रहस्यमय जिप दुर्घटना परी दुवै नेताको निधन भएको दिनको सम्झनामा झापामा पार्टी र भातृसंगठनहरुले कार्यक्रम आयोजना गरी ‘मदन–आश्रित स्मृति दिवस’ मनाएका थिए । मदन भण्डारी र जीवराज आश्रितको तस्वीरमा माल्यार्पण गरी तथा स्मृतिसभा तथा रक्तदान कार्यक्रम शुरु भएकोे थियो ।
नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले) झापा जिल्ला कमिटिको आयोजना तथा नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले) झापा विर्तामोड नगर कमिटिको सह —आयोजनमा बृहद रक्तदान कार्यक्रम भएको छ । जिल्ला पार्टी कार्यालय विर्तामोडमा नेपाल रेडक्रस सो साईटी उपशाखा विर्तामोडको प्राविधिक सहयोगमा भएको कार्यक्रमा एकसय बढीले रक्तदान गरेको नेपाल कम्यूनिष्ट पार्टी ‐एमाले) झापा विर्तामोड नगर कमिटि अध्यक्ष सुवास भट्टराईले बताए । रक्तदाताहरुलाई प्रमाण पत्रसहित प्रदान गरिएको थियो ।

यता सोहि अवसरमा मदन भण्डारी फाउण्डेशन झापाले झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ आमडागीमा रहेको मानव सेवा आश्रममा नगदसहित खाद्य सामाग्री हस्तान्तरण गरेको छ । फाउण्डेशनका केन्द्रीय सदस्य एवम कोशी प्रदेश सभा सदस्य चिन्तन पाठकसहितका केन्द्रीय , जिल्ला तथा स्थानीय नेतासहित पुगेको टोलीले नगद ११ हजार रुपैयाँसहित करेला, बोडी, आलु, प्याजलगायतका तरकारी नेपाल मानव आश्रमका केन्द्रीय सदस्य गंगा मगरलाई हस्तान्तरण गरेको थियो ।
फाउण्डेशनका झापा अध्यक्ष हरिचरण शिवाकोटी, केन्द्रीय सदस्य एवम् मेचीनगर नगरपालिकाका नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीलगायतले नगद हस्तान्तरण गरेका थिए । दुवै कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले नेपाली कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानको चर्चा गरे । नेपालको कम्युनिस्ट आन्दोलनमा मदन भण्डारीको अतुलनीय योगदान छ । मदन भण्डारीको सैद्धान्तिक योगदान जनताको बहुदलीय जनवाद हो । अन्तर्राष्ट्रियरुपमा कम्युनिस्ट आन्दोलनले एक पछि अर्को असफलता भोगिरहेको समयमा नेपालमा मदन भण्डारीले जबजको प्रतिपादन गरेर नयाँ गति प्रदान गरेको वक्ताहरुको भनाई थियो ।

मदन भण्डारीले माक्र्सवादी दर्शन सिद्धान्तमा योगदान गरेको, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढ्दा नेपालको कम्युनिष्ट आन्दोलनले ऐतिहासिक सफलता हासिल गरेको, जबजको मार्गदर्शनमा शान्तिपूर्ण जनक्रान्ति सफल , एकताबद्ध कम्युनिस्ट आन्दोलनको निर्माण भएको र शान्तिपूर्ण प्रतिस्पर्धाका माध्यमबाट जनमत द्वारा दुईतिहाई बहुमतको कम्युनिस्ट सरकारको निर्माण भएको कार्यक्रममा बताइएको थियो ।
नेपाली कम्युनिष्ट आन्दोलनका सिद्धान्तकार एवम जननेता मदन भण्डारी २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मेका उनको २०५० जेठ ३ गते नारायणघाट–मुग्लिङ सडकखण्डको दासढुंगामा मदन भण्डारी र जीवराज आश्रित सवार जीपलाई दुर्घटना परी मृत्यू भएको थिाये ।
विर्तामोडको कार्यक्रम नेकपा एमाले झापा जिल्ला कमिटिका सचिव तुलसी कार्की र मेचीनगरको कार्यक्रम उपाध्यक्ष शिव ढुङ्गेलले सञ्चालन गरेका थिए ।
