१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

संसद अधिवेशन अन्त्य गर्न सिफारिस

सेयर:

१ चैत्र, काठमाडौँ : सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी संसद्को अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको जानकारी दिए ।

‘सबै दलहरू गाउँ केन्द्रित भएका छन् । सांसदहरू पनि चुनावी प्रचारमा खटिन्छन् । त्यसैले तत्काललाई संसद् अधिवेशन अन्त्य गरिएको हो,’ उनले भने, ‘संसद्‌मा बिजनेस छैन, अत्यावश्यक विधेयकहरू थिए; तिनलाई पास गर्नुपर्ने अवस्था छ । तर, नाराबाजी रोकिएको छैन ।’

अवरोधका बीच नागरिकता लगायत विधेयक र अन्य महत्वपूर्ण विधेयकहरू पास हुन नसक्ने भन्दै मन्त्री बडूले यी विषयमा संसद्‌मा छलफल गर्न नपाएपछि संसद् चालू राख्नुको औचित्य नभएको बताए ।
Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।