१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

हत्यारा र बलात्कारीलाई कार्वाहीको माग गर्दै पूर्वी नाकामा प्रर्दशन

सेयर:

झापा । किशोरी र महिलाको बलात्कार गरी हत्या गर्नेलाई कार्वाहीको माग गर्दै पूर्वी नाका काँकरभिट्टामा विरोध प्रदर्शन गरिएको छ ।

हाम्रो अभियान नामक सामाजिक संस्था र देवकोटा पार्कले पछिल्लोसमय बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया भागरथी भट्ट, निर्मला पन्तलगायतका अपराधीलाई कार्वाही माग गर्दै प्रदर्शन गरिएको हो ।

निर्मला पन्तलाई बलात्कार गरी हत्या गर्ने अपराधीलाई सरकारले उन्मुक्ति दिएकोप्रति चर्को नारावाजी गर्दै सुरु भएको प्लेकार्डसहितको र्याली काँकरभिट्टा बजारको परिक्रमा गरी कोण सभामा परिणत भएको थियो ।

विरोध प्रदर्शनमा सहभागीहरुले कोणसभापछि निर्मला पन्त, भागरथी भट्टलगायत बलात्कारपछि हत्या गरिएका किशोरी तथा महिलाको आत्माको चिरशान्तिको कामना गर्दै मौन धारण र दीप प्रज्ज्वन गरेका थिए ।

कोण सभालाई हाम्रो अभियानकातर्फबाट नरेश मोहोरा र खगेन्द्र घिमिरेले सम्बोधन गरेका थिए ।

वक्ताहरुले भागरथी भट्टको हत्यामा संलग्न अपराधी भन्दै एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेपनि ती वास्तविक अपराधी हुन् वा अरु कसैलाई उभ्याइएको भन्नेमा आशंका उब्जिएको बताए ।

कोण सभामा बोल्दै अभियन्ता तथा सञ्चारकर्मी घिमिरेले देशमा पछिल्लोपटक भइरहेका बलात्कारपछि हुने हत्याले चेलीहरु असुरक्षित हुँदै गएको भन्दै सरकारको आलोचना गरे ।

राजनीतिक शक्तिहरु कुर्सीका लागि जनतालाई सडकमा उतार्ने गरेको तर, यस्ता विषयमा मौन बस्ने गरेको बताए । कार्यक्रममा देवकोटा पार्क व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण थापा, युवा समाजसेवी गणेश खरेल, परिवर्तन थिएटरकी अध्यक्ष कविता नेपाल, पत्रकार मोहन काजीलगायतको उपस्थिति रहेको थियो ।

कोण सभाको सञ्चालन कविन्द्र श्रेष्ठले गरेका थिए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।