१३ मंसिर २०८३ ☀️ २६°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

आजबाट मेचीनगरमा नदिजन्य पदार्थ उत्खनन्मा रोक

सेयर:

१ असार, मेचीनगर : मेचीनगर नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाएको छ ।
मेचीनगर नगरपालिकाले २०७९ जेठ ३१ गते सार्वजनिक सूचना जारी गरेर असार १ गतेदेखि भदौ मसान्त सम्म नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाएको हो ।

मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालद्वारा हस्ताक्षरित सार्वजनिक सूचना अनुसार नदिजन्य पदार्थहरू उत्खनन्मा प्रतिबन्ध लगाइएको छ । यो नियम आज असार १ गतेदेखि भदौ मसान्त सम्म लागु हुनेछ ।’

सार्वजनिक सूचनालाई जो कोहिले उल्लंघन गरेर खोलाबाट निर्माण सामाग्री झिकेको थाहापाए कानुनी कारवाही हुने उपप्रमुख एवम् अनुगमन समिति संयोजक मीना पोखरेल उप्रेतीले बताउनु भयो । आवश्यक सहायेगको लागि स्थानीय सशस्त्र प्रहरी बल र प्रहरी चौकीहरुलाई समेत सहयोगको लागि बोधार्थ दिइएको छ ।

सरकारले देशभर असार १ गतेदेखि तीन महिना नदिजन्य पदार्थहरू उत्खनन् गर्न प्रतिबन्ध लगाउने गरेको छ ।

हेर्नुहोस् मेचीनगर नगरपालिकाको सूचना :

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।