१२ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

नेपाल टेलिकमले आजबाट निःशुल्क ई–सिम वितरण गर्ने

सेयर:

३१ भदौं, काठमाडौँ : सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आज शुक्रबारबाट इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) को व्यावसायिक सुरुवात गर्ने भएको छ ।

हाल बजारमा उपलब्ध हुने प्लास्टिक तथा धातुबाट निर्मित चिप जडित कार्डको विकल्पमा कम्पनीले मोबाइल तथा अन्य डिजिटल उपकरणमै ‘इम्बेड’ अर्थात् गाँस्न सकिने ई–सिम ग्राहकलाई उपलब्ध गराउने भएको हो ।

सुन्धारा काउन्टरबाट शुक्रबारदेखि ग्राहकलाई निःशुल्क ई–सिम उपलब्ध गराइने टेलिकमले जनाएको छ । यो सँगै ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरूले नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने भएका छन् ।

हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने टेलिकमले जनाएको छ । त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराइने समेत उल्लेख गरिएको छ ।

नयाँ प्रिपेड सिमकार्डमा भने तत्कालै ई–सिम उपलब्ध नहुने देखिएको छ । टेलिकमका अनुसार नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकले भने ई–सिमका लागि केही समय पर्खनु पर्नेहुन्छ । तर, पुराना प्रिपेड ग्राहकले भने आफ्नो पुरानो सिमलाई ई–सिममा रूपान्तरण गर्न सक्नेछन् ।

त्यसका लागि ग्राहकले सिम लिन आवश्यक फारम भरेर काउण्टरमा बुझाउनु पर्ने उल्लेख गरिएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।