१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

ओलीको चुनौती– मैले जस्तै व्यक्तिगत सम्पत्ती राज्यलाई हस्तान्तरण गरेर देखाउनुस्

सेयर:

१२ जेठ, काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भ्रष्टाचार गर्न आवश्यक नरहेको बताएका छन्।

बिहीबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले आफू र श्रीमतीको सम्पत्ती राज्यलाई हस्तान्तरण गरिसकेको अवस्थामा पनि आफूमाथि भ्रष्टाचारको आरोप लगाउनु गलत रहेको बताए।

‘मेरो बारेमा भ्रष्टाचारको चर्चा गर्ने नेताहरुलाई चुनौती दिन चाहन्छु । मैले सम्पूर्ण चल अचल सम्पत्ती राज्यका नाममा गरेको छु । मैले आफ्नो सम्पत्ती राज्यका लागि ल्याइदिन भ्रष्टाचार गर्नुपर्ने ? के का लागि भ्रष्टाचार गर्ने ?,’ ओलीले प्रश्न गरे।

उनले आफूमाथि औँला ठड्याउनेलाई व्यक्तिगत सम्पत्ती राज्यका नाममा हस्तान्तरण गर्न चुनौती दिएका छन् । ‘म माथि औँला ठड्याउनुभन्दा अगाडि कुनै महानुभाव निस्कनुस न राज्यको नाममा सम्पत्ती हस्तान्तरण गर्ने,’ उनले भने ।

सम्पत्तीको लोभ गर्नुपर्ने कारणै नभएको पनि ओलीले बताए । ‘मैले सम्पत्तीमा लोभ गर्नुपर्ने, अर्काको नाममा सम्पत्ती राखेर म आफू बदनाम हुनुपर्ने कुनै कारण छैन। आफू नखानेले अर्कालाई किन खुवाउँछ ?,’ उनले भने, ‘ केपी ओलीलाई मुखभरीको जवाफ दिन भएपनि राज्यको नाममा सम्पत्ती हस्तान्तरणको घोषणा गर्नुस् त। यही संसदबाट गर्नुस् । घुमाइफिराइ मलाई छेड हान्नुहुन्छ ।’

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।