१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

बंगलादेशमा आगलागीमा ५२ जनाको मृत्यु भएपछि कारखाना सञ्‍चालक पक्राउ

सेयर:

काठमाडौं । बंगलादेशको प्रहरीले बंगलादेशको राजधानी सहर नजिकै रहेको रुपगञ्जस्थित हसेम फुड्स कारखानाका सञ्‍चालकलाई पक्राउ गरेको छ ।

गत बिहीबार उक्त कारखानामा आगलागी भएपछि भित्र रहेका ५२ जनाको मृत्यु भएको थियो । बंगलादेशको प्रहरीकाअनुसार शनिबार कम्पनीका सञ्‍चालक अबुल हसेम र उनका चार छोरासहित आठ जना पक्राउ परेका छन् । उनीहरु सबैविरुद्ध कर्तव्‍य ज्यान मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले बताएको छ ।

अधिकारीहरुका अनुसार कारखानाबाट बाहिर निस्किने प्रमुख ढोका बन्द रहेकाले धेरैको मृत्यु भएको थियो । मृत्यु हुनेमा केही बालबालिका पनि थिए ।

यससँगै कम्पनीमाथि बाल श्रम शोषणबारे सोधपुछ पनि सुरु भएको छ । बंगलादेशकी श्रममन्त्री मोनुजान सुफियानले कारखानामा बाल श्रम शोषण भएको पुष्टि भए कारखानाका सञ्‍चालक र नियामकविरुद्ध आवश्यक कदम चालिने बताएकी छिन् ।

पक्राउ पर्नुभन्दा केही समयअघि कारखानाका प्रमुख हसेमले आगलागी हुनुमा कर्मचारीहरुको लापरबाही एक कारण भएको बताएका थिए । बिहीबार साँझबाट सुरु भएको आगलागी करिब २४ घण्टासम्म पनि नियन्त्रणमा आएको थिएन ।

कारखानाभित्र रहेका रसायन र प्लास्टिकको कारण आगलागी झनै बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

– एजेन्सी

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।