१२ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

झापाबाटै चुनाव लड्ने विश्वप्रकाशको घोषणा

सेयर:

१ भाद्र, काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाबाटै चुनाव लड्ने घोषणा गरेका छन् । पाँच दलीय गठबन्धनमा सिट बाँडफाँटबारे नटुंगिदै महामन्त्री शर्माले झापाबाट चुनाव लड्ने घोषणा गरेका हुन् ।

गठबन्धनबीच तालमेल भएको अवस्थामा कांग्रेसका पदाधिकारीहरुलाई नै टिकट पाउन हम्मेहम्मे पर्ने चर्चा चलिरहँदा महामन्त्री शर्माले उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा उनी झापा–१ मा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए । गठबन्धनको छलफलमा अघिल्लो पटक हारेको स्थानमा सोही उम्मेदवार र दललाई निरन्तरता नदिने गरी छलफल चलिरहेको छ । सोही अनुरुप विश्वप्रकाशलाई काठमाडौं–५ मा उम्मेदवार बनाउने बारे चर्चा चलेपछि उनले ट्वीटमार्फत गृहजिल्लाबाटै चुनाव लड्ने बताएका हुन् ।

बुधबार ट्वीटमा महामन्त्री शर्माले लेखेका छन् ‘फेरि प्रस्ट्याउँ, वाग्मतीको किनारलाई श्रद्धापुर्वक ढोग्ने हो । तर मान्छे म मेची र निन्दा किनारकै हो ! काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्नेछुनै, तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न ।’

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।