१२ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

विश्व स्वास्थ्य दिवसमा प्रभात फेरी

सेयर:

२३ चैत, मेचीनगर : ७५ औँ विश्व स्वास्थ्य दिवसको अवसर पारेर काँकरभिट्टा बहुमखी क्याम्पसले बिहीबार प्रभात फेरि र स्वास्थ्य सम्बन्धी अन्तरक्रिया गरेको छ ।

क्यम्पस परिसरबाट स्वास्थ्य शिक्षा आजको आवश्यकता, नागरिकको चाहना, स्वास्थ्य रहने भावना, स्वास्थ्य नै पहिलो धन हो नारा लेखिएका प्ले कार्ड र व्यानरसहित निस्केको विद्यार्थी र शिक्षकसहितको र्यालीले काँकरभिट्टा बजारको मुख्यः मुख्य भागको परिक्रमा गरी क्याम्पस हलमा पुगेर अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रममा क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले विद्यार्थीहरुकालाई कसरी स्वस्थ्य रहने भन्ने विषयमा जानकारी गराउनुभएको थियो । उहाँले विश्वव्यापी रोग र महामारीसँग कसरी जुध्न तथा सकिन्छ भन्ने विषयमा जानकारी गराउनुभयो । उप्रेतीले स्वास्थ्य रहन अप्नाउनुपर्ने रहन सहनका बारेमा समेत सहजिकरण गर्नुभयो । कार्यक्रमको सभापतित्व गर्दै विद्यार्थी विशाल तामाङले प्रजनन स्वास्थ्यको बारेमा सहजिकरण गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संगम बराल र स्वागत सन्तोष धमलाले गर्नुभएको थियो । यसै बीच विद्यार्थीहरुद्वारा क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीलाई मास्क, स्यानीटाइजर, स्यानीटरी प्याड जस्ता स्वास्थ्य सामाग्री समेत हस्तान्तरण गरेका थिए ।

विश्वव्यापी रोग र महामारीसँग जुध्न तथा स्वास्थ्य नीति निर्माण गर्ने उद्घेश्यका साथ सन् १९४८ को ७ अप्रिलमा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को स्थापना भएको थियो । सन् १९४८ मा डब्ल्युएचओले पहिलो विश्व स्वास्थ्य सम्मेलन आयोजना गरेको थियो । सभाले सन् १९५० देखि लागू हुने गरी प्रत्येक वर्षको ७ अप्रिललाई स्वास्थ्य दिवस मनाउने निर्णय गरेको थियो ।

हरेक वर्ष ७ अप्रिललाई विश्व स्वास्थ्य दिवसको रूपमा मनाइन्छ । विश्व स्वास्थ्य दिवस डब्ल्युएचओ र अन्य सम्बन्धित संस्थाहरूको प्रायोजनमा हरेक वर्ष ७ अप्रिलमा मनाइने विश्वव्यापी स्वास्थ्य सचेतना दिवससमेत हो । पहिलो विश्व स्वास्थ्य दिवस ७ अप्रिल १९५० मा मनाइयो र त्यसयता हरेक वर्ष यो दिवस मनाइँदै आएको छ ।

विश्वव्यापी स्वास्थ्यको लागि महत्त्वपूर्ण विषयमा विश्वव्यापी ध्यानाकर्षण गर्ने अवसरको रूपमा यस दिनलाई उपयोगसमेत गरिन्छ । स्वास्थ्य दिवसको अवसरमा डब्लूएचओले अन्तर्राष्ट्रिय, क्षेत्रीय र स्थानीय कार्यक्रम आयोजना गर्छ । यस वर्षको विश्व स्वास्थ्य दिवस २०२२ को नारा ‘हाम्रो ग्रह, हाम्रो स्वास्थ्य’ रहेको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दुर्गाबहादुर लुइटेल

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।