३ जेठ, मेचीनगर : झापाको कमल गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट ७० वर्षीय पैदलयात्री को मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कमल गाउँपालिका १ इट्टाभट्टास्थित भित्री सडकखण्डमा सोलमारीबाट केर्खातर्फ आउँदै गरेको को.१० प १४८० नम्बरको मोटरसाइकलले पैदलयात्री कमल १ बस्ने बर्ष ७० का शंकरप्रसाद ढुंगानालाई शनिबार साँझ ६.३० बजे ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते ढुंगानालाई उपचारका लागि दमकस्थित निम्स अस्पतालमा ल्याई सामान्य उपचारपश्चात थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएकोमा उपचारका क्रममा राति ११;४५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मोटरसाइकल चालक सोही ठाउँ बस्ने बर्ष ३५ का लुडो सतार र मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट ७० वर्षीय बृद्धाको मृत्यु
