१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

शुक्रबारबाट सवारी लाइसेन्सको अनलाइन फाराम खुल्ने, कोटा प्रणाली हट्यो

सेयर:

काठमाडौं : यातायात व्यवस्था विभागले शुक्रबारदेखि सवारी साधन चालक अनुमतिपत्र (लाइसेन्स)का लागि अनलाइन फाराम खुलाउने भएको छ । सिस्टममा खराबी आएपछि विभागले अनलाइन फाराम बन्द गरेको थियो ।

शुक्रबारबाट फाराम भर्न सकिने विभागले जानकारी दिएको छ । अनलाइन फाराम सुचारु गरेसँगै यसअघि लगाइएको कोटा प्रणाली समेत हटाइएको छ । अब जतिसुकै सेवाग्राहीले पनि लाइसेन्‍सका लागि आवेदन दिन पाउने बताएको छ ।

यसअघि कोभिड-१९ को कारण देखाउँदै लाइसेन्सका लागि खुलेको आवेदनमा कोटा प्रणाली लगाइएको थियो । कोटा प्रणाली लागू गरेको भन्दै विभागको चौतर्फी आलोचना समेत भएको थियो । अनलाइन फाराम भर्दा एसएमएस सेवा भने तत्कालको लागि बन्द भएको छ । यो सेवा अवरूद्ध भएकाले दर्ता नम्बर सुरक्षित गरि सम्बन्धित कार्यालयसँग सम्पर्क राख्‍न विभागले जानकारी दिएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।