काँकडभिट्टा ६ मंसिर/ सत्य साई बाबाको ९५ औं जन्मोत्सवका अवसरमा शनिवार झापाको चारआलीमा वृहद रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सत्य साई केन्द्र चारआलीको व्यवस्थापनमा श्री सत्य साई संगठन नेपाल श्री सत्य साई १ नम्वर प्रदेश समिति “क” ले आयोजना गरेको कार्यक्रममा ५ महिला सहित ४२ जनाले रक्तदान गरेको आयोजक संस्थाका उपाध्यक्ष सुरेशराज श्रेष्ठले बताउनुभयो । नेपाल रेडक्रस सोसाईटि विर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा झापा मेचीनगर -१० धुलावारीका ४१ वर्षीय विष्णुप्रसाद पौडेलले २६ औं पटक रक्तदान गर्नुभएको थियो । रक्तदान गरि मानवीय सेवाको कार्यमा विशिष्ट योगदान पुर्याएको भन्दै रक्तदाताहरूलाई फलफूल तथा प्रशंसा पत्र प्रदान गरिएको थियो भने संकलित रगत नेपाल रेडक्रस सोसाईटि विर्तामोड उपशाखालाई हस्तानतरण गरिएको उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
स्थानीय समाचार
चारअालीमा रक्तदान कार्यक्रम सम्पन्न
चारअालीमा रक्तदान कार्यक्रम सम्पन्न
मेरो मेचीनगर डेस्क
मंसिर ६, २०७७ (६ वर्ष अगाडि) • ⏱️ १ मिनेट पढाइ
• 👁️ १ पटक हेरिएको
सम्बन्धित विषय:
Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मेरो मेचीनगर डेस्क
मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।
सम्बन्धित समाचार
भूपू प्रहरीका छोरा ५० राउन्ड गोली सहित विमानस्थलबाट पक्राउ
६ वर्ष अगाडि
१७ जना संक्रमण मुक्त : ५ जनामा संक्रमण पुष्टि
५ वर्ष अगाडि
नगरपालिकाद्वारा दुःख व्यक्त : स्थानीय सरकारलाई विपद् व्यवस्थापन सम्बन्धि ठोस कानुन बनाएर कार्यान्वयनमा अघि बढ्न सुझाँव
५ वर्ष अगाडि
वेवारिसे अवस्थामा मोटरसाइकल फेला
५ वर्ष अगाडि