११ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

७ उपमहानरको मेयर कांग्रेसलाई, जनकपुरमा जुटेन सहमति

सेयर:

६ वैशाख, काठमाडौँ : महानगरपालिकाको भागवण्डा लगभग टुंगोमा पुर्‍याएका सत्तारुढ गठबन्धनका चार दलले ११ उपमहानगरपालिकाको छिनोफानो पनि मंगलबार नै गर्ने तयारी गरेका छन् ।

मंगलबार साँझ बसेको गठबन्धनमा रहेका दलको शीर्ष नेताको बैठकमा उपमहानगरपालिकाको भागवण्डा लगभग मिलिसके पनि जनकपुरमा नेपाली कांग्रेस र जनता समाजवादीले दावी नछोडेपछि कुरा मिल्न सकेको छैन ।

यसअघि कांग्रेसलाई ६, माओवादी केन्द्रलाई ३ र जसपा र नेकपा एकीकृत समाजवादीलाई एक–एक वटाका दरले उपमहानगरपालिका भागवण्डा गर्ने भनिए पनि पोखरा महानगरपालिका छोडेबापत कांग्रेसले सातवटा उपमहानगर पाउने निश्चित भएको थियो ।

तर बैठकमा कांग्रेस नेताहरुले मधेशका मुख्य सहर वीरगञ्ज र जनकपुरमध्ये एउटा आफूले पाउनुपर्ने बताएपछि फेरि सहमति भाँडिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । उनका अनुसार जनकपुरका बारेमा देखिएको विवाद र उपमहानरपालिकाका उपमेयरको टुंगो मंगलबारकै छलफलले लगाउनेछ ।

घोराही र जितपुर सिमरा उपमहानगरपालिकाको मेयर माओवादीले पाउने गरी सहमतिको मस्यौदा बनेको छ । यस्तै हेटौंडा उपमहागरपालिका नेकपा एकीकृत समाजवादीको भागमा परेको छ भने जनकपुरमा जसपा र नेपाली कांग्रेसको दावी यथावत् छ ।

अहिलेसम्मको सहमति अनुसार इटहरी, धरान, कलैया, बुटवल, तुल्सीपुर, नेपालगञ्ज र धनगढीको मेयरमा नेपाली कांग्रेसले गठबन्धनको तर्फबाट प्रतिष्पर्धा गर्ने छ । यद्यपि छलफलका क्रममा उपमहानगरको भागवण्डा फेरबदल हुन पनि सक्ने गठबन्धन स्रोतको भनाइ छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।